News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले इशान किशनको शतक र अर्शदिप सिंहको ५ विकेट प्रदर्शनमा न्युजिल्यान्डसँगको पाँचौं टी-२०आई खेल ४६ रनले जितेको छ।
- भारतले २० ओभरमा ५ विकेट गुमाएर २७१ रन बनाएको थियो, जुन न्युजिल्यान्डविरुद्धको सबैभन्दा उच्च योगफल हो।
- न्युजिल्यान्डले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर २२५ रन बनाएको थियो, जसमा फिन एलेनले ८० रन बनाए।
१७ माघ, काठमाडौं । इशान किशनको शतक तथा बलिङमा अर्शदिप सिंहको ५-विकेट प्रदर्शनमा भारतले न्युजिल्यान्डसँगको पाँचौं टी-२०आई खेल जितेको छ ।
शनिबार तिरुवन्थपुरममा भएको हाइ स्कोरिङ खेलमा भारतले न्युजिल्यान्डमाथि ४६ रनको जित हासिल गरेको हो । भारतले दिएको २७२ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभर ४ बला सबै विकेट गुमाएर २२५ रन बनायो ।
फिन एलेनले शानदार सुरुवात दिलाएको भएपनि १० ओभरपछि लय गुमायो । नवौं ओभरमा ११७-१ को अवस्थामा एलेन ३८ बलमा ८० रन बनाएर आउट भएपछि न्युजिल्यान्डले निरन्तर विकेट गुमायो । इश सोधीले अन्त्यतिर ३९ रन बनाए भने रचिन रविन्द्रले ३० रन बनाए । डारिल मिचेलले २६ रन बनाए ।
भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा ५१ रन दिएर ५ विकेट लिए । अक्षर पटेलले ३ तथा वरुण चक्रवर्ती र रिंकु सिंहले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २७१ रन बनाएको थियो । यो भारतको तेस्रो सर्वाधिक योगफल हो भने न्युजिल्यान्डविरुद्धको सबैभन्दा उच्च योगफल हो ।
इशान किशनले ४३ बलमा १० चौका र ६ छक्कासहित शानदार शतकीय पारी खेले । कप्तान सूर्यकुमार यादवले ६३ रन बनाउँदा हार्दिक पान्ड्याले ४२ अनि अभिषेक शर्माले ३० रन बनाएका थिए ।
न्युजिल्यान्डका लागि लकी फर्गुसनले २ विकेट लिँदा ज्याकब डफी, काइल जेमिसन र मिचेल सान्टनरले १-१ विकेट लिए ।
प्रतिक्रिया 4