+

राष्ट्रिय लिग : श्री भगवतीविरुद्ध पुनरागमन जित निकाल्दै आर्मी चौथो स्थानमा

२०८२ माघ  १८ गते १७:०९ २०८२ माघ १८ गते १७:०९
राष्ट्रिय लिग : श्री भगवतीविरुद्ध पुनरागमन जित निकाल्दै आर्मी चौथो स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लबलाई ३–१ ले पराजित गरेको छ।
  • नवयुग श्रेष्ठले दुई गोल गरे भने जिलेस्पी जंग कार्कीले एक गोल गरे।
  • यो जितपछि आर्मीले ५ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।

१८ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबविरुद्ध पुनरागमन जित हासिल गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले श्री भगवतीलाई ३–१ ले पराजित गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले दुई गोल गर्दा जिलेस्पीजंग कार्कीले एक गोल गरे ।

खेलको १२औं मिनेटमा अजित लामाले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए। तर ३४औँ मिनेटमा जिलेस्पी जंग कार्कीको गोलसँगै आर्मीले खेल बराबरीमा ल्यायो।

दोस्रो हाफको ५७औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी टाइमको तेस्रो मिनेटमा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित पक्का गरे।

यो जितसँगै आर्मीले प्रतियोगितामा तेस्रो जित दर्ता गर्दै ५ खेलबाट ११ अंक जोडेको छ र तालिकाको चौथो स्थानमा उक्लिएको छ।

पराजित श्री भगवती क्लबको भने यो तेस्रो हार हो। पाँच खेलबाट ४ अंक मात्र जोड्न सकेको श्री भगवती ११औँ स्थानमा रहेको छ।

त्रिभुवन आर्मी क्लब राष्ट्रिय लिग फुटबल श्री भगवती क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय