News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय खेलकुद परिषद्को मिसन–२०२६ लाई निरन्तरता दिन निर्देशन दिनुभएको छ।
- प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थमन्त्रालयसँग समन्वय गर्न राखेपलाई निर्देशन दिनुभएको छ।
- राखेपले २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने लक्ष्यका लागि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिइरहेको छ।
२६ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सञ्चालन गरेको मिसन– २०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।
मिसन–२०२६ का विषयमा प्रधानमन्त्रीलाई जानकारी दिन राखेपका सदस्य–सचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीलाई प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थमन्त्रालयसँग आवश्यक समन्वय गर्ने पनि बताइन् ।
जापनमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उदेश्यका साथ राखेपले दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिँदै आएको छ ।
चालु आर्थिक बर्षका लागि विनियोजन भएको बजेटले यही माघ महिना सम्म कार्यक्रम सन्चालन हुने भए पछि बाँकी रकम व्यवस्थापनका लागि परिषदले अनुरोध गरेको हो ।
एसियाली खेलकुदको तयारी लगायतका विषयमा प्रधानमन्त्रीलाई सदस्य–सचिव मेहताले जानकारी दिएका थिए । भेटका अवसरमा राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट र उपनिर्देशक दिपक श्रेष्ठको पनि सहभागिता थियो ।
भेटमा प्रधानमन्त्री कार्कीले राम्रो तयारी गरी उद्देश्य पूरा गर्न भन्दै फागुन २१ को निर्वाचन लगत्तै विशेष प्रशिक्षण जारी राख्न भनेकी हुन् ।
प्रतिक्रिया 4