+

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित

२०८२ माघ  २६ गते १७:३६ २०८२ माघ २६ गते १७:३६
एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल एडभेन्चर रनिङ महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेसमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको छ।
  • पूर्व ओलम्पियन हरिबहादुर रोकायालाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफलताका लागि विशेष सम्मान प्रदान गरिएको थियो।
  • महासंघले वार्षिक प्रतिवेदन पारित गरी आगामी वर्षका लागि १ करोड १० लाख बजेट पारित गरेको छ।

२६ माघ, काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेसमा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ ।

कमलादीस्थित होटल रोयल सिंगीमा भएको महासंघको वार्षिक साधारण सभाका अवसरमा खेलाडीलाई सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीमा अर्जुन कुलुङ राई, सुनसरी रोकाया, पदमकुमारी सुनुवार, सुनमाया बुढा, राममाया बुढा, मनकुमार मगर, सुमन कुलुङ राई, गोपाल तामाङ र लाक्पा निग्मा शेर्पा रहेका छन् ।

सोही अवसरमा विश्व प्रसिद्ध गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल एवं प्रतिभावान खेलाडी उत्पादनमा सक्रिय पूर्व धावक ओलम्पियन हरिबहादुर रोकायालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो । संस्थातर्फ हिमालयन एक्सट्राइ प्रा.लि. र हिमालयन रनिङ क्लब, ललितपुर सम्मानित भए ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले एक कार्यक्रमबीच सम्मान गरे ।

साधारण सभाले वार्षिक प्रतिवेदन पारित गरेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् । विभिन्न घरेलु प्रतियोगिता आयोजना गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको छ । साधारण सभाले आगामी वर्षका लागि १ करोड १० लाख बजेट पारित गरेको अध्यक्ष कुँवरले बताए ।

साधारण सभाको उद्घाटन सत्रमा राखेपका सदस्य नन्दा बस्याल

एडभेन्चर रनिङ महासंघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय