+
+
Shares

रामेछाप बस दुर्घटना : ६ जना घाइतेको उद्धार, यात्रुको संख्या यकिन हुन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते ११:५८

२७ माघ, काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।

दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । ‘६ जनालाई उद्धार गरेर उपचारका लागि पठाएका छौं । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको छ’, भट्टले अनलाइनखबरसँग भने ।

रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको टोली पनि उद्धारका लागि घटनास्थलतर्फ जाँदै गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?