+
+
Shares

रामेछाप बस दुर्घटना : ११ जनाको उद्धार, ५ जना गम्भीर

दुर्घटनास्थबाट ११ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । उद्धार गरिएका मध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १२:१६

२७ माघ, काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।

दुर्घटनास्थबाट ११ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । उद्धार गरिएका मध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ । उनीहरु बेहोस अवस्थामा रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

उद्धार गरिएका बिरामीहरुलाई मन्थली र खुर्कोट अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको भट्टले बताए ।

रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन ।

उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको टोली पनि खटिएको छ ।

अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बसमा चालक, सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?