९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा इरानमा भएको प्रदर्शनहरूमा ३२ हजार मानिसको मृत्यु भएको दाबी गरेका छन् । उनले पहिलो पटक इरानमा प्रदर्शनका दौरान मर्नेहरूको संख्याबारे शुक्रबार बयान दिएका हुन् ।
व्हाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीका क्रममा सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, ‘उनीहरूले एक उचित सम्झौता गर्न आवश्यक छ । इरानका नागरिक आप्mना नेताहरूभन्दा फरक छन् । र अत्यन्तै दुःखद् स्थितिमा छन् । त्यहाँ थोरै समयमा ३२ हजार नागरिक मारिएका छन् ।’
ट्रम्पले इरान सरकारले ८३७ जनालाई फाँसी दिने निर्णय गरेको र अमेरिकाको चेनावतीपछि रोकिएको पनि जिकिर गरे । ‘उनीहरू ८३७ जनालाई फाँसी दिनेवाले थिए । मैले उनीहरूलाई यदि एक जनालाई पनि फाँसी दियौं भने तुरन्त निशाना बनाइने छ । फेरि उनीहरूले फाँसी रोके ।’
अमेरिकी राष्ट्रपतिसँग इरानमाथि सम्भावित आक्रमणका बारेमा पनि प्रश्न सोधिएको थियो । जवाफमा उनले इरानमाथि सीमित सैन्य आक्रमणबारे विचार–विमर्श भइरहेको बताए ।
प्रतिक्रिया 4