+
+
Shares

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १४:१०

१० फागुन, काठमाडौं । एक अध्ययनले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको छ ।

अनलाइन समाचार पोर्टल ‘क्लिकमान्डु डटकम’ ले सार्वजनिक गरेको ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ शीर्षकको अध्ययन प्रतिवेदनले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको हो ।

प्रतिवेदन अनुसार ९८ प्रतिशत लगानीकर्ताको मनोबल कुनै न कुनै स्तरमा कमजोर भएको देखिएको छ भने ९७ प्रतिशत व्यवसायीले लगानीको वातावरण कमजोर भएको महसुस गरेका छन् । ७० प्रतिशत व्यवसायी थप लगानीका लागि ‘पर्ख र हेर’ को अवस्थामा रहेको प्रतिवेदनको ठहर छ ।

भौतिक तथा आर्थिक क्षति र लगानीकर्ता व्यवसायीको मनोबल मापन गर्ने तथा व्यावसायिक वातावरण जाँच गर्ने उद्देश्यसाथ अध्ययन गरिएको क्लिकमान्डुले जनाएको छ ।

अध्ययनले नेपालका स्थापित र ठूला व्यवसायीमा गहिरो मनोवैज्ञानिक र आर्थिक चोट पुर्‍याएको देखाएको छ । भौतिक क्षतिको तुलनामा विश्वास र मनोबलको क्षति डरलाग्दो देखिएको समेत अध्ययनको निष्कर्ष छ ।

प्रतिवेदनमा प्रमुख सूचनादाताका रूपमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भनेका छन्, ‘दशकौंको मिहिनेत र अर्बौंको लगानीबाट खडा गरिएका उद्योग र व्यावसायिक प्रतिष्ठानमा तोडफोड र लुटपाट हुँदा त्यसले भौतिक क्षति मात्र गर्दैन, एउटा उद्यमीको आत्मविश्वासको जग नै हल्लाइदिन्छ, आफ्नो लगानी र सम्पत्ति सुरक्षित छ त भन्ने त्रासमा बाँच्नुपर्ने अवस्था कुनै पनि व्यवसायीका लागि सबैभन्दा ठूलो पीडा हो ।’

महासंघ पूर्वअध्यक्ष शेखर गोल्छाले जेनजी प्रदर्शनपछि आर्थिक क्षतिका विवरण आइरहे पनि आर्थिकभन्दा मानसिक क्षति बढी भएको महसुस गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?