+
च्याम्पियन्स लिग फुटबल :

बोडोको ऐतिहासिक जित, साविक उपविजेता इन्टर मिलान बाहिरियो

२०८२ फागुन  १३ गते ७:२२ २०८२ फागुन १३ गते ७:२२
बोडोको ऐतिहासिक जित, साविक उपविजेता इन्टर मिलान बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साविक उपविजेता इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको प्लेअफ चरणबाट बाहिरिएको छ।
  • गएराति भएको खेलमा नर्वेजियन क्लब बोडो ग्लिम्टसँग २-१ ले हारपछि इन्टर समग्रमा ५-२ ले पराजित भएको हो।
  • बोडो ग्लिम्ट पहिलोपटक च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा प्रवेश गरेको छ र अब म्यान्चेस्टर सिटी वा स्पोर्टिङ सीपीसँग खेल्नेछ।

१३ फागुन, काठमाडौं । साविक उपविजेता इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको प्लेअफ चरणबाट बाहिरिएको छ ।

गएराति भएको खेलमा नर्वेजियन क्लब बोडो ग्लिम्टसँग २-१ को हारपछि समग्रमा ५-२ ले पराजित भएको इन्टर बाहिरिएको हो । पहिलो लेगमा इन्टर ३-१ ले पराजित भएको थियो ।

बोडो ग्लिम्ट भने पहिलोपटक च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा प्रवेश गरेको हो । अब बोडोले म्यान्चेस्टर सिटी वा स्पोर्टिङ सीपीमध्ये एकसँग खेल्नेछ ।

गएरातिको खेलमा बोडोको जितमा जेन्स पिटर हज र हाकोन एभेनले एक-एक गोल गरे । इन्टरका लागि अलेजेन्द्रो बास्तोनीले एक गोल गरे ।

खेलको ५८औं मिनेटमा पिटर हजले गोल गर्दै बोडोलाई अग्रता दिलाएका थिए । ७२औं मिनेटमा एभेनले अग्रता दोब्बर पारे ।

७६औं मिनेटमा बास्तोनीले गोल फर्काएपनि इन्टरका लागि पर्याप्त हुन सकेन ।

यसअघिको संस्करणको फाइनलमा पीएसजीसँग पराजित भएर उपविजेता भएको इन्टर यसपटक भने अन्तिम १६ अघि नै नकआउट भएको छ ।

इन्टर मिलान बोडो ग्लिम्ट युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय