+
+
Shares

रुस र भियतनाम रणनीतिक साझेदारी थप सुदृढ बनाउन सहमत

मैत्रीपूर्ण वातावरणमा सम्पन्न उक्त बैठकमा दुवै देशका प्रतिनिधिमण्डलले विभिन्न तहमा हुने आगामी सम्पर्क र मन्त्रालयगत सहकार्यलाई सुदृढ पार्ने उपायबारे छलफल भएको बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १७:०७

१२ फागुन, काठमाडौं । रुस र भियतनामका विदेशमन्त्रीबीच उच्चस्तरीय छलफल भएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र भियतनामी समकक्षी होइ चुङबीच मंगलबार मस्कोमा रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने विषयमा उच्चस्तरीय छलफल भएको हो ।

मैत्रीपूर्ण वातावरणमा सम्पन्न उक्त बैठकमा दुवै देशका प्रतिनिधिमण्डलले विभिन्न तहमा हुने आगामी सम्पर्क र मन्त्रालयगत सहकार्यलाई सुदृढ पार्ने उपायबारे छलफल भएको बताइएको छ ।

रुसी विदेशमन्त्री लाभरोभले रुसको एसिया–प्रशान्त वैदेशिक नीतिमा भियतनाम एक प्राथमिकताको साझेदार रहेको बताउँदै क्षेत्रीय र अन्तर्राष्ट्रिय एजेन्डाहरूमा साझा धारणा बनाउनुपर्ने बताए ।

ले होइ चुङ भियतनामको कम्युनिस्ट पार्टीका महासचिव तो लामको विशेष दूतका रूपमा रुस भ्रमणमा गएका हुन् । आफ्नो भ्रमणका क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र त्यहाँका प्रमुख राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट गरेका छन् । उनले भियतनामको कम्युनिस्ट पार्टीको १४ औँ राष्ट्रिय महाधिवेशनका रणनीतिक परिणामहरूबारे जानकारी गराएका थिए ।

यस वार्ताले ऊर्जा र रक्षाजस्ता परम्परागत क्षेत्रहरूमा सहकार्य जारी राख्नुका साथै आणविक विज्ञान र डिजिटल प्रविधि जस्ता नयाँ क्षेत्रहरूमा पनि साझेदारी विस्तार गर्ने सहमति गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?