+
+
Shares

धरान–१५ को मतदानस्थलमा केहीबेर तनाव, एक युवक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको धरान–१५ स्थित शिक्षा सदन माविमा मतदानस्थलमा हातपात प्रयासपछि एक युवकलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
  • त्यस युवक मानसिक सन्तुलन गुमाएका जस्ता देखिने बताइएको छ।
  • मतदान प्रक्रिया अवरुद्ध नभई निरन्तर चलिरहेको छ।

सुनसरी, २१ फागुन । सुनसरीको धरान–१५ स्थित शिक्षा सदन माविमा रहेको मतदानस्थलमा केहीबेर तनाव उत्पन्न भएको छ।

मतदान गर्न आएका व्यक्तिलाई हातपात गर्ने प्रयास गरेपछि एक युवकलाई शसस्त्र प्रहरीले लखेट्दा केहीबेर माहौल तनावपूर्ण बनेको थियो।

ती युवक मानसिक सन्तुलन गुमाएका जस्ता देखिने बताइएको छ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ भने मतदान प्रक्रिया भने अवरुद्ध नभई निरन्तर चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?