+
+
Shares

मुगुमा मतपेटिका संकलन हुनै बाँकी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुमा मतपेटिका संकलन हुन बाँकी छ र दुईवटा केन्द्रको मतपेटिका ८० किलोमिटर दुरी हिँडेर सदरमुकाम लगिँदैछ।
  • मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर दिउँसो २ बजेपछि मतगणना सुरु गर्ने तयारी छ।
  • मुगु निर्वाचन क्षेत्रमा एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा, प्रलोपा र नेकपा माओवादीका उम्मेदवार रहेका छन्।

२३ फागुन, काठमाडौं । अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी रहेका बेला मुगुमा मतपेटिका संकलन हुनै बाँकी छ ।

मुगुका मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार दुईवटा केन्द्रको मतपेटिका सदरमुकाम लगिँदैछ ।

‘मुगुको मुगूम कार्मारोङ गाउँपालिकाको मुगु गाउँ केन्द्र र डोल्फु केन्द्रको मतपेटिका बाटोमा बोकेर ल्याउँदैछन् । ८० किलोमिटर दुरी छ, हिँडेर मतपेटिका बोकेर ल्याउने हो । उकालो ओरालो छ,’ उनले भने ।

मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी छ । दिउँसो २ बजेपछि सुरु हुन्छ कि भन्ने अपेक्षा रहेको उनले जानकारी दिए ।

मुगुमा एउटै निर्वाचन क्षेत्र छ । एमालेबाट पूर्णबहादुर रोकाया, कांग्रेसबाट खड्ग शाही, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रबहादुर शाही, रास्वपाबाट भुवन टमाटा, राप्रपाबाट बलबहादुर मल्ल उम्मेदवार रहेका छन् ।

प्रलोपाबाट ऐटनकुमार मल्ल र नेकपा माओवादीबाट रंगवीर परियार उम्मेदवार रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?