+

यमालको लेट गोलमा बार्सिलोना हारबाट जोगियो

२०८२ फागुन  २७ गते ८:२३ २०८२ फागुन २७ गते ८:२३
यमालको लेट गोलमा बार्सिलोना हारबाट जोगियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब न्युकासलबीच युरोपियन च्याम्पियन्स लिग अन्तर्गत पहिलो लेग १-१ को बराबरीमा सकिएको छ।
  • न्युकासलले ८६औं मिनेटमा हार्भे बार्नसको गोलले अग्रता लिएको थियो।
  • इन्जुरी समयमा लामियन यमालले बराबरी गोल गर्दै बार्सिलोनाको हार टारेका छन्।

२७ फागुन, काठमाडौं । लामियन यमालले इन्जुरी समयको छैटौं मिनेटमा बराबरी गोल गरेपछि स्पेनिस कलब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा हारबाट जोगिएको छ ।

इंग्लिस क्लब न्युकासल र बार्सिलोनाले १-१ को बराबरी खेलेका हुन् । न्युकासलको घरेलु मैदानमा भएको खेलमा न्युकासलले ८६औं मिनेटमा हार्भे बार्नसको गोलमा अग्रता लिएको थियो ।

त्यसको १० मिनेटपछि इन्जुरी समय सकिनै लाग्दा यमालले बराबरी गोल फर्काउँदै टोलीको हार टारेका हुन् ।

अब घरेलु मैदानमा हुने दोस्रो लेगमा बार्सिलोनाले जुनसुकै अन्तरले खेल जिते पनि पुग्नेछ ।

न्युकासल बार्सिलोना युरोपियन च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय