+

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

२०८२ फागुन  २८ गते १८:४५ २०८२ फागुन २८ गते १८:४५
विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

२८ फागुन, काठमाडौं । विश्व मिर्गौला दिवस २०२६ को अवसरमा स्वास्थ्य अभियान नेपालले मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ । कलाकार, पत्रकार, समाजसेवी र चिकित्साकर्मी को टोलीलाई अंग प्रत्यारोपितको टोलीले ३-२ ले पराजित गर्‍यो । आज बिहान सतदोबाटोस्थित एन्फा एकेडेमीको मैदानमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।

अंग प्रत्यारोपितहरू पनि अरू व्यक्तिसरह सबल र सक्षम हुन सक्छन् भन्ने कुरा फुटबलको नतिजाबाट थप प्रमाणित गरेको स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ प्रत्यारोपण डा. पुकारचन्द्र श्रेष्ठले बताए।

यस वर्षको विश्व मिर्गौला दिवसको नारा ‘सबैका लागि मिर्गौला स्वास्थ्य- मानिसहरूको हेरचाह, पृथ्वीको रक्षा’ रहेको छ । कार्यक्रममा नेपाल किड्नी समाज, मिर्गौला पीडित सरोकार समाज र राष्ट्रिय मिर्गौला पीडित सरोकार केन्द्रको समेत सहकार्य रहेको थियो ।

फुटबल प्रतियोगिता भन्दा अगाडि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

ग्वार्को चोकबाट एन्फा मैदानसम्म पुगेको र्‍यालीमा बिरामी, अंगदाता तथा तिनका परिवार, कलाकार, पत्रकार, समाजसेवी र चिकित्सक, स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो।

कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य रहेका थिए । अन्य अतिथिमा अभिनेत्री स्वेता खड्का, पल्पसा डंगोल (चमसुरी), गायिका बिन्दु परियार, पुर्व मिस नेपाल सरिसा श्रेष्ठ, श्रीच्छा प्रधान, पूर्व मिस्टर नेपाल निमेश कपाली, सन्तोष लिम्बु, हिमाचञ्ल राज के.सीको उपस्थिति थियो ।

साथै संगीतकार एलिस कार्की, संगीतकार तथा गीतकार राजेश कुमार श्रेष्ठ लगायतका कलाकारहरू, नेपाली राष्ट्रिय फुटबलका पूर्व कप्टान गणेश थापा, डा. किरण राई, मिर्गौला प्रत्यारोपण पश्चात सगरमाथा आरोह गर्न सफल पेम्बा शेर्पा लगायत समेत कार्यक्रममा सहभागी थिए ।

विजेता प्रत्यारोपित टोलीका कप्तान झमक श्रेष्ठलाई ट्रफी तथा उपविजेता टोलीका सदस्य श्वेता खड्कालाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा सहभागी सबैलाई स्वास्थ्य अभियान नेपालका अध्यक्ष डा. पुकार चन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन गरे । उनले अगं दान तथा प्रत्यारोपण कार्यमा सबैको साथ सहयोगका लागि आह्वानसमेत गरे ।

मिर्गौला दिवस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू

रुघाखोकीदेखि थकानमा समेत राहत दिने हर्बल चिया, ८ विकल्प

रुघाखोकीदेखि थकानमा समेत राहत दिने हर्बल चिया, ८ विकल्प

‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण

‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण

बिहान खाली पेटमा के खाने, उत्तम विकल्प के हो ?

बिहान खाली पेटमा के खाने, उत्तम विकल्प के हो ?