+
+
Shares

एक–दुई दिनमै बैठक बसेर निर्वाचनको समीक्षा गर्छौं : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १५:३८

१ चैत, काठमाडौं । नेपाली कांग्रेसले यही हप्ताभित्र फेरि अर्को बैठक बसेर गत २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्ने बताएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकले समानुपातिकतर्फ निर्वाचित हुने २० जना सांसदहरूको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

तर, निर्वाचनको समीक्षा भने अर्को बैठकमा मात्रै गरिने प्रवक्ता देवराज चालिसेले जानकारी गराए ।

‘समानुपातिक सिफारिस गर्ने आज अन्तिम दिन हो । आज यसलाई सक्छौं । यहि हप्तामा हामी निर्वाचनको समीक्षा पनि गर्छौं,’ उनले भने, ‘एक दुई दिनभित्रमा फेरि बैठक बस्छौं । सबै विषयहरू त्यहीँ छलफल हुन्छ ।’

पार्टीले निर्वाचनको बारेमा वृहत छलफल गर्ने र त्यसपछि मात्रै धारणा बनाउने प्रवक्ता चालिसेको भनाइ छ ।

‘पार्टीले वृहत छलफल गर्छ । त्यसपछि मात्रै धारणा आउँछ,’ उनले बैठकपछि भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?