+
+
Shares

माउन्टेन ड्युलाई पिक्स अफ करेज अभियानको स्पाइक्स एसियामा ४ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माउन्टेन ड्यु नेपालको पिक्स अफ करेज अभियानले स्पाइक्स एसियामा १ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्ज गरी ४ अवार्ड प्राप्त गरेको छ।
  • यस अभियानले सगरमाथाभन्दा बाहिर रहेका हिमाल र साहसका कथाहरूलाई विश्वसामु चिनाउने उद्देश्य राखेको थियो।
  • डिजिटल इनले अभियानको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको र यो नेपाली रचनात्मक उद्योगका लागि गौरवको क्षण भएको डिजिटल इनका संस्थापक उमङ्ग शाक्यले बताउनुभयो।

१ चैत, काठमाडौं । माउन्टेन ड्यु नेपालको पिक्स अफ करेज अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित रचनात्मक अवार्ड समारोह ‘स्पाइक्स एसियामा ४ अवार्ड प्राप्त गरेको छ ।

१ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्ज गरी कुल ४ वटा अवार्ड प्राप्त भएको हो । ‘विश्वकै एक प्रतिष्ठित रचनात्मक मञ्चमा नेपाली अभियानले हासिल गरेको यो एक ऐतिहासिक सफलता हो’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

सगरमाथाभन्दा बाहिर रहेका पर्वतारोहण विरासतलाई विश्वसामु चिनाउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले कम चर्चामा रहेका हिमाल र तिनमा लुकेका साहसका प्रेरणादायी कथाहरूलाई उजागर गरेको थियो।

कथावाचन डिजिटल संलग्नता तथा इमर्सिभ ब्रान्ड एक्सपिरियन्सको उत्कृष्ट संयोजनमार्फत पिक्स अफ करेजले नेपालको हिमाली पहिचानलाई साहसी र जीवन्त रूपमा प्रस्तुत गरेको थियो। यस अभियानमा ‘लोकल एक्टिभेसन पार्टनर’का रूपमा जोडिन पाएकोमा डिजिटल इनले विशेष गौरव महसुस गरेको छ।

नेपालमा यसको प्रभावकारी कार्यान्वयन तथा दर्शकहरूसँगको व्यापक संलग्नता सुनिश्चित गर्न डिजिटल इनले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। ‘यो केवल हाम्रो अभियानको सफलता मात्र होइन, समग्र नेपाली रचनात्मक उद्योगका लागि पनि गौरवको क्षण हो’ डिजिटल इनका संस्थापक तथा कार्यकारी निर्देशक उमङ्ग शाक्यले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?