+
+
Shares

यो साता २.५३ अंक बढ्यो सेयर बजार, कुन समूह कति बढे ?

उत्पादन तथा प्रशोधन ६.४७ तथा व्यापार ८.८८ प्रतिशत बढे

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यो साता सेयर बजार ७३ अंक अर्थात् २.५३ प्रतिशतले बढेर २९५० अंकमा पुगेको छ भने कारोबार रकम केही घटेको छ।
  • कालंगा हाइड्रोपावर र चार अन्य कम्पनीको आईपीओ प्रभावित स्थानीयका लागि खुलिरहेको छ भने वैदेशिक रोजगारमा रहेका लागि कालंगा हाइड्रोको आईपीओ खुलिरहेको छ।
  • विश्वका ठूला बजार एक महिनादेखि ओरालोमा छन्, अमेरिका, भारत र जापानका सूचकमा यस साता गिरावट देखिएको छ।

१३ चैत, काठमाडौं । यो साता सेयर बजार ७३ अंक अर्थात् २.५३ प्रतिशत बढेको छ । गत साता २८७७ अंकमा बन्द भएको बजार यो साता २९५० अंकमा कायम भएको छ । यो साता पाँच दिन कारोबार भएकोमा चार दिन बजार बढ्यो भने एक दिन मात्रै घट्यो ।

आइतबार ५४.५१ अंक बढेको बजार सोमबार ५.०१ र मंगलबार २३.८३ अंक बढ्यो । बुधबार २४.४५ अंक घटेको बजार बिहीबार फेरि १४.२१ अंक बढ्यो ।

कारोबार रकम पछिल्ला दिनमा केही घट्दो देखिएको छ । यो साता आइतबार २३ अर्ब ५९ करोडको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड, मंगलबार १४ अर्ब ८३ करोडको कारोबार भएकोमा बुधबार १५ अर्ब ९ करोड र बिहीबार १३ अर्ब १६ करोडको कारोबार भयो ।

यो साता व्यापार समूह सबैभन्दा धेरै ८.८८ प्रतिशत बढ्यो । यो समूहमा जम्मा दुई कम्पनी विशाल बजार र साल्ट ट्रेडिङ कम्पनी सूचीकृत छन् । सूचीकृतमध्येको विशाल बजार कम्पनी पूँजीकरणका आधारमा बजारकै सबैभन्दा ठूलो कम्पनी हो । उक्त कम्पनीको मूल्य उच्च दरले बढ्दा समग्र व्यापार सूचक उच्च दरले बढ्यो ।

आईपीओ खुलेका छन् ?

यतिबेला आम सर्वसाधारणलाई कुनै पनि कम्पनीको आईपीओ खुलेको छैन । वैदेशिक रोजगारमा रहेकालाई कालंगा हाइड्रोको आईपीओ खुलिरहेको छ । कम्पनीले ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई आगामी आइतबारसम्म निष्कासन खुला राखेको छ ।

त्यस्तै प्रभावित स्थानीयका लागि ५ कम्पनीको आईपीओ खुलिरहेको छ । कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स, याम्बालिङ हाइड्रोपावर, सानीगाड हाइड्रोपावर र बेनी हाइड्रोपावरको आईपीओ स्थानीय प्रभावितका लागि खुलिरहेको छ ।

बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ र ५, बित्थडचिर गाउँपालिका वडा नम्बर ६ र ८, बुंगल नगरपालिकाको वडा नम्बर ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर १ र २ तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ कालंगा हाइड्रोपावर।

बझाङ जिल्लाका बुंगल नगरपालिका १ देखि ११ सम्मका वडाका स्थानीयबासीले सानीगाड हाइड्रोपावरको आईपीओमा आवेदन दिन सक्नेछन् । याम्बालिङ हाइड्रोपावरको सेयरमा सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ का स्थानीयले आवेदन दिन सक्नेछन् ।

स्नो रिभरको आईपीओमा ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका १ देखि ८ वडासम्म र सिदिङ्वा गाउँपालिका ५, ६ तथा पाथिभरा याङवारक गाउँपालिका ५,६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १ का स्थानीयले आवेदन दिन सक्नेछन् ।

बेनी हाइड्रोपावरको आईपीओ सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६, ७ र ११ का स्थानीयका लागि र सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थानीयबासीका लागि पनि निष्कासन भएको छ ।

विश्वका ठूला बजारमा गिरावट

विश्वका ठूला बजार एक महिनादेखि नै ओरालो यात्रामा छन् । यद्यपि यो साता केही बजारमा सुधार देखिएको छ । अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वपछि इन्धनको मूल्यमा आएको वृद्धिले ठूला बजारलाई प्रभाव पारेको हो ।

अमेरिकाको डाओ जोन्स यो साता ०.०३ प्रतिशत घट्यो भने विगत एक महिनामा ६.१ प्रतिशत घटेको छ । त्यस्तै एस एन्ड पी ५०० सूचक यो साता १.७८ प्रतिशत घट्यो भने विगत एक महिनामा ५.८ प्रतिशत घटेको छ । भारतको बीएसई सेन्सेक्स यो साता १.४ प्रतिशत घट्यो भने विगत एक महिनामा ९ प्रतिशत घटेको छ ।

जापानको निक्की २२५ सूचक यो साता १.७२ प्रतिशत बढेको छ भने विगत एक महिनामा यो सूचक ९.३१ प्रतिशत घट्यो । चीनको सांघाई कम्पोजिट इन्डेक्स यो साता ०.२२ प्रतिशत बढ्यो भने विगत एक महिनामा ५.९९ प्रतिशत घटेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?