+
पीएम कप क्रिकेट :

विशालले ५ विकेट लिएपछि लुम्बिनी ९९ रनमै अलआउट, मधेशको दोस्रो जित

२०८२ चैत  १३ गते १४:३३ २०८२ चैत १३ गते १४:३३
विशालले ५ विकेट लिएपछि लुम्बिनी ९९ रनमै अलआउट, मधेशको दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशले पीएम कप क्रिकेटमा लुम्बिनीलाई २५ रनले हराउँदै दोस्रो जित निकालेको छ।
  • बाँयाहाते बलर विशाल पटेलले ९ ओभरमा २४ रन दिएर ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे।
  • मधेशले १२४ रनको योगफल बनाएकोमा लुम्बिनी ९९ रनमा अलआउट भयो।

१३ चैत, काठमाडौं । बाँयाहाते पेस बलर विशाल पटेलले ५ विकेट लिँदै शानदार प्रदर्शन गरेपछि मधेश प्रदेशले पीएम कप क्रिकेटमा दोस्रो जित निकालेको छ ।

शुक्रबार जनकपुरमा भएको खेलमा १२४ रनको सामान्य योगफल बनाएको मधेशले उक्त योगफल डिफेन्ड गर्ने क्रममा लुम्बिनीलाई ९९ रनमा अलआउट गर्दै २५ रनको जित हासिल गर्‍यो ।

लुम्बिनीका लागि सुमित श्रेष्ठले सर्वाधिक ३० रन बनाए भने सन्देश थापाले १६ तथा कप्तान देव खनाल र सन्तोष यादवले समान १२ रन बनाए ।

मधेशका विशालले ९ ओभरमा २४ रन मात्र दिएर ५ विकेट लिए । प्रदिप पासवानले २ तथा रुपेश सिंह, मोहम्मद आदिल आलम र आशिक बैठाले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ३८.१ ओभरमा अलआउट हुँदै १२४ रन बनाएको थियो । मयन यादवले सर्वाधिक ३१ रन बनाए । आदिलले २३, पवन सर्राफले १९ रन बनाए ।

लुम्बिनीका सन्देश थापा र सन्तोष यादवले ३-३ विकेट लिए भने अजय चौहानले २ अनि निर्मल गुरुङले १ विकेट लिए ।

प्रतियोगितामा मधेशले ३ खेल खेल्दा दोस्रो जित निकालेको हो । यसअघि कोशी प्रदेशसँगको पहिलो खेल वर्षाले रद्द भएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिमलाई हराएको थियो ।

लुम्बिनीले भने एक जितपछि हार बेहोरेको छ । कर्णालीसँगको पहिलो खेल वर्षाले रद्द भएपछि लुम्बिनीले कोशीलाई पराजित गरेको थियो ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय