+
+
Shares

एमालेको दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिक भेट्न पुगे गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते २१:५९

१७ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेकपा एमालेका कार्यकर्ताबाट दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकसँग भेट गरेका छन् ।

मंगलबार ललितपुरस्थित उनकै निवासमा पुगेर गृहमन्त्री गुरुङले भेट गरेका हुन् ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा उत्रिएका एमाले कार्यकर्ताले उनीमाथि हातपात गरेका थिए ।

सडकपेटीमा हिँडडुल गरेका जेष्ठ नागरिकमाथि हातपात गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–१० टाखेल बस्ने आरबी शर्मा भनिने राम शरण शर्मा बजगाईं पक्राउ पनि परेका छन् ।

गृहमन्त्री भेट्न पुगेपछि पीडित ज्येष्ठ नागरिकले आफूलाई पीडामा भएको बेलामा साथ दिएको भन्दै धन्यवाद समेत दिएका छन् ।

गृहमन्त्री गुरुङले आफ्नो काम सकेर निवास फर्कने क्रममा उनलाई भेट गरेको उनको सचिवालयले जनाएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?