News Summary
Generated by OK AI. Editorially reviewed.- सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भट्टलाई पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिए।
- अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेर उनको पासपोर्ट रोक्का गर्न सोमबार अनुरोध गरेको थियो।
१९ चैत,काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले व्यवसायी भट्टलाई काठमाडौंबाट पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।
सम्बद्ध स्रोतका अनुसार प्रहरीले बोलाएपछि व्यवसायी भट्ट आज अपराह्न आफैं सीआईबी गएका थिए । सीआईबी पुगेपछि उनलाई पक्राउ पुर्जी दिइएको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4