News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले विराटनगरस्थित अमृत लक्ष्मी मनी चेन्जर प्रा.लि र सुपर फाइन मनी चेन्जर प्रा.लिको लाइसेन्स रद्द गरेको छ।
- दुबै कम्पनीले अनुमतिपत्र समयमा नवीकरण नगरेपछि बैंकले खारेज गरेको जनाएको छ।
- मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप विनियम (३) अनुसार लाइसेन्स रद्द गरिएको हो।
२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनी चेन्जरको लाइसेन्स रद्द गरेको छ । केन्द्रीय बैंकले अमृत लक्ष्मी मनी चेन्जर प्रा.लि र सुपर फाइन मनी चेन्जर प्रा.लिको अनुमतिपत्र खारेज गरेको हो ।
मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१५ मा रहेका दुबै कम्पनीले अनुमतिपत्र समयमा नवीकरण नगरेपछि बैंकले खारेज गरेको जनाएको छ ।
बैंकका अनुसार मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो । नियमावली अनुसार मनी चेन्जर कम्पनीले म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्नुपर्छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4