+
+
Shares

संसद्‌बाटै रास्वपाको सन्देश– पहिले राजनीतिक नियुक्ति लिएकाहरू राजीनामा दिनुस्

रास्वपा सभापति लामिछानेले यस्तो अपिल केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारबाट नियुक्ति लिएकाहरूतर्फ संकेत गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १४:१०

२० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्ववर्ती सरकारको पालामा राजनीतिक नियुक्ति लिएकाहरूलाई राजीनामा दिन आग्रह गरेको छ । यस्तो आग्रह रास्वपाले प्रतिनिधिसभाको रोष्ट्रमबाटै गरेको हो ।

बिहीबार प्रतिनिधिसभा २०८२ को पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । उक्त बैठकलाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले यस्तो आग्रह गरेका हुन् ।

‘यो सरकार जेनजी विद्रोहको पनि सन्तान हो,’ उनले भने, ‘हिजो संविधान र कानुनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरुले स्वेच्छिक रूपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनु हुन म अपिल गर्न चाहन्छु ।’

रास्वपा सभापति लामिछानेले यस्तो अपिल केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारबाट नियुक्ति लिएकाहरूतर्फ संकेत गरेका हुन् ।

जेनजी आन्दोलन गत भदौ २३ र २४ गते भएको थियो । त्यसबेला ओली नेतृत्वमा नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार थियो । आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भए ।

त्यसपछि तत्कालीन प्रतिनिधिसभाबाटै अर्को सरकार बन्न सकेन । २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारको नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएको हो ।

निर्वाचनमा रास्वपाले करिब दुई तिहाइ मत पाएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट जितेको रास्वपाले शक्तिशाली सरकार बनाएको छ । प्रतिनिधिसभामा कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ सिटमा खुम्चिएका छन् ।

बदलिएको संसदीय अंकगणित स्मरण गर्दै रास्वपा सभापति लामिछानेले पूर्ववर्ती सरकारको पालामा नियुक्ति लिएकाहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।

राजीनामा आएपछि नयाँ सरकारले नयाँ मापदण्ड र मान्यताका आधारमा नियुक्ति प्रक्रिया अगाडि बढाउने सभापति लामिछानेको प्रतिबद्धता छ । उनले भनेका छन्, ‘सरकार नयाँ नीति कानुन मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागु गर्न चाहन्छ ।’

सार्वजनिक सेवा र निकायका पदाधिकारीलाई पनि मार्गप्रशस्त गरिदिन रास्वपा सभापति लामिछानेको आग्रह छ । उनले अगाडि भनेका छन्, ‘हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीहरुले स्वेइच्छाले मार्ग प्रशस्त गरिदिनु हुनेछ भन्ने अपेक्षा पनि गर्दछु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?