+
+
Shares

१७ करोड बढीको क्रिप्टो कारोबारमा समातिए चिनियाँ नागरिक

१७ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ठमेल बस्दै आएका ३५ वर्षीय चिनियाँ नागरिक झु यि फेङलाई १७ करोड ७९ लाख ७० हजार ३१७ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा पक्राउ गरिएको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंले झु यि फेङले नेपाली नागरिकलाई विश्वासमा पारेर ठगी गरेको र ठगेको रकम क्रिप्टोमा लगानी गरेको बताएको छ।
  • काठमाडौं जिल्ला अदालतले पक्राउ परेका झु यि फेङलाई ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

२० चैत, काठमाडौं । १७ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ठमेल बस्दै आएका ३५ वर्षीय चिनियाँ नागरिक झु यि फेङ छन् । उनले नेपाली नागरिकलाई विश्वासमा पारेर ठगी गर्ने गरेको र ठगेको रकम क्रिप्टोमा लगानी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

पक्राउ परेका उनले १७ करोड ७९ लाख ७० हजार ३१७ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको भेटिएको छ ।

पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?