+
+
Shares

अमेरिका, क्यानडा पठाउने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरुमा सरस्वती भण्डारी, काशिराम दर्जी, धनिराम बुढा र बिकल पौडेल छन्।
  • उनीहरुले क्यानडा, अमेरिका, क्रोएसिया र रोमानिया पठाउने भन्दै विभिन्न रकम ठगी गरेको आरोप छ।

१० चैत, काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय सरस्वती भण्डारी, गुल्मीको कालिगण्डकी गाउँपालिका–६ का ३७ वर्षीय काशिराम दर्जी, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१२ का ४२ वर्षीय धनिराम बुढा र कास्कीको रुपा गाउँपालिका–५ का ३६ वर्षीय बिकल पौडेल छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको छ ।

पौडेलले क्यानडा पठाउने भन्दै १० लाख, बुढाले अमेरिका पठाउने भन्दै १८ लाख, दर्जीले क्रोएसिया पठाउने भन्दै ३ लाख २० हजार र भण्डारीले रोमानिया पठाउने भन्दै १ लाख ४६ हजार ठगी गरेको आरोप छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?