+

चीन जाने क्लाइम्बिङ स्पोर्ट्स टोलीको बिदाइ

२०८२ चैत  २१ गते २१:१२ २०८२ चैत २१ गते २१:१२
चीन जाने क्लाइम्बिङ स्पोर्ट्स टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले चीन जाने नेपाली क्लाम्बिङ टोलीलाई २१ चैत, काठमाडौंमा बिदाइ गरेका छन्।
  • नेपालबाट तेन्जिङ बर्टिन राई, रोनक उप्रेती र स्वस्तिका चौधरी एसियाली क्लाइम्बिङ च्याम्पियनसिप र विश्व क्लाम्बिङ सिरिजमा प्रतिस्पर्धा गर्नेछन्।
  • एसियाली क्लाइम्बिङ च्याम्पियनसिप अप्रिल ८ देखि १२ सम्म मिसान, चीनमा र विश्व क्लाम्बिङ सिरिज मे १ देखि ३ सम्म केकियाओ, चीनमा हुनेछ।

२१ चैत, काठमाडौं । जापानमा हुने २०औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन चीन जाने नेपाली क्लाइम्बिङ टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार बिदाइ गरेका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा श्रेष्ठले खेलाडीहरुलाई उच्च प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ गरे । दुवै प्रतियोगितामा नेपालबाट पुरुषमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलामा स्वस्तिका चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा अप्रिल ८ देखि १२ तारिखसम्म हुनेछ । यस प्रतियोगितामा नेपालले बाउल्डर र लिड स्पर्धामा खेल्ने छ ।

जापानमा हुने २०औं एसियाली खेलकुदमा स्थान निश्चित गर्न शीर्ष १६ स्थानमा पर्नु पर्ने नेपाल क्लाम्बिङ स्पोर्ट एसोसिएसनका महासचिव सन्तोष माडेनले जानकारी दिए ।

त्यस्तै विश्व क्लाम्बिङ सिरिज मे १ देखि ३ तारिखसम्म चीनको केकियाओमा हुनेछ । यसमा बाउल्डर विधा मात्र समावेश छ ।

दुई प्रतियोगिताको बीचको अवधिमा खेलाडी प्रशिक्षणमा सहभागी हुने क्लाम्बिङ संघले जनाएको छ ।

क्लाइम्बिङ स्पोर्ट्स टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय