+

फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने

२०८२ चैत  २३ गते २१:५६ २०८२ चैत २३ गते २१:५६
फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन् ।
  • अनिता मंगलबार काठमाडौंबाट लुक्ला प्रस्थान गर्ने र करिब एक सातामा बेसक्याम्प पुग्ने बताएकी छन् ।
  • उनले आरोहण क्रममा ओलम्पियन संघ, खेलाडी संघ र नेपाल फेन्सिङ संघको झण्डा लिएर जाने बताएकी छन् ।

२३ चैत, काठमाडौं । फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन् । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सफलताको शुभकामना दिदै अनितालाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

अनिता मंगलबार काठमाडौंबाट लुक्ला प्रस्थान गर्ने छिन् । करिब एक सातामा बेसक्याम्प पुगेपछि स्वास्थ्यलगायतको स्थिति हेरेर आरोहण मिति तय हुने अनिताले बताइन् । अनिताले आरोहण क्रममा ओलम्पियन संघ, खेलाडी संघ, नेपाल फेन्सिङ संघलगायतको झण्डा लिएर जाने बताइन् ।

नेपालमा भएको १३ औं दक्षिण एसियालीकी रजत विजेता अनिताले यसअघि ६ हजार ३८ मिटर उचाइको छुलु फारइस्ट हिमाल आरोहण गरिसकेकी छन् ।

अनिता कार्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय