News Summary
Generated by OK AI. Editorially reviewed.- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार छैटौं हार बेहोरेको छ।
- बुधबार जनकपुरमा बागमती प्रदेशले कोशीलाई ७ विकेटले हराएको छ।
- कोशीले दिएको १०० रनको लक्ष्य बागमतीले ९ ओभरमा ३ विकेटमा पूरा गरेको छ।
२५ चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार छैटौं हार बेहोरेको छ । बुधबार जनकपुरमा भएको खेलमा कोशीलाई बागमती प्रदेशले ७ विकेटले हराएको हो ।
कोशीले दिएको १०० रनको सामान्य लक्ष्य बागमती प्रदेशले ९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । बिबेक मगरले २८ बलमा ६१ रनको अविजित पारी खेले । रिंगजिन लामा र प्रतिश जीसीले समान १७ रन बनाए । कोशीका बिपिन महतोले २ विकेट लिँदा ज्ञानेन्द्र श्रेष्ठले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशी २८.२ ओभरमा ९९ रनमा अलआउट भएको थियो । कप्तान सुजन थपलियाले सर्वाधिक २१ रन बनाए । अंकित सुवेदीले १९ तथा रोशन साहले १८ रन बनाए ।
बागमतीका कप्तान सन्दीप लामिछानेले ७.२ ओभरमा ३३ रन दिएर ५ विकेट लिए । रिजन ढकालले २ तथा प्रतिश जिसी र इशान पान्डेले १-१ विकेट लिए ।
बागमतीको ७ खेलमा यो तेस्रो जित हो । ६ अंक जोडेको बागमती सातौं जित हो ।
पहिलो खेलमा अंक बाँडेको कोशीले भने लगातार छैटौं हार बेहोरेको छ । ७ खेलमा १ अंक मात्र भएको कोशी शीर्ष ४ को होडबाट बाहिरिएको छ ।
पीएम कपमा शीर्ष ४ पर्ने टोलीले जय ट्रफी खेल्ने प्रावधान छ ।
प्रतिक्रिया 4