News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी प्रधान कार्यालयले प्रहरीमा दर्ता भएका उजुरीको कारबाहीबारे एसएमएसबाट जानकारी पाउने व्यवस्था लागू गरेको छ।
- सेवाग्राहीले उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्तको प्रगति फोन वा एसएमएसमार्फत थाहा पाउन सक्नेछन्।
२५ चैत, काठमाडौं । अब प्रहरीमा दर्ता भएका उजुरीको कारबाहीबारे एसएमएसबाट जानकारी प्राप्त हुने भएको छ ।
प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै प्रहरीमा दर्ता भएका उजुरी तथा गुनासोको कारबाहीबारे एसएमएसबाटै जानकारी पाउने बताएको छ ।
‘प्रहरीका मुद्दा दर्ता हुने इकाईहरुमा सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्तको प्रगति के भयो र के कसरी कार्यान्वयन भइरहेको छ, सो सम्बन्धमा सम्बन्धीत सेवाग्राहीले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएसमार्फत सूचना दिने व्यवस्था लागू गरिएको छ’ प्रहरीले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4