News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशका खेलाडीहरूलाई पोखरामा हुने चौथो राष्ट्रिय यु–२० एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुन बिदाइ गरिएको छ।
- सदस्य–सचिव रविन्द्र चन्दले खेलाडीहरूलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभयो।
- रग्वी सेभेन्स महिला र पुरुष टोलीलाई पनि आजै राष्ट्रिय च्याम्पियनसिप खेल्न बिदाइ गरिएको छ।
२७ चैत, काठमाडौं । पोखरामा आयोजना हुन लागेको चौथो राष्ट्रिय यु–२० एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने कर्णाली प्रदेशका खेलाडीहरूलाई एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूको टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन् ।
बिदाइका क्रममा सदस्य–सचिव चन्दले खेलाडीहरूलाई उच्च मनोबलका खेल्न । उनले भने, ‘तपाईंहरूले प्रदेशको प्रतिनिधित्व गर्दै हुनुहुन्छ, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी कर्णालीको नाम उँचो राख्न म हार्दिक शुभकामना व्यक्त गर्दछु।’
उनले खेल क्षेत्रको विकासका लागि परिषद् सधैं खेलाडीहरूको साथमा रहने प्रतिबद्धता समेत जनाए ।
नेपाल एथ्लेटिक्स संघको आयोजना तथा कास्की जिल्ला एथ्लेटिक्स संघको समन्वयमा हुन लागेको यो प्रतियोगिता आगामी चैत २८ र २९ गते पोखरा रंगशाला मैदानमा सञ्चालन हुनेछ ।
सदस्य सचिव चन्दले राष्ट्रिय रग्वी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप खेल्न जाने टोलीलाई पनि बिदाइ गरेका छन् ।
कर्णाली प्रदेशको महिला र पुरुष दुबै टोलीले प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् । यो प्रतियोगिता भने काठमाडौंस्थित रंगशालामा हुनेछ ।
प्रतिक्रिया 4