News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनले सिजन सकिएपछि क्लब छाड्ने घोषणा गरेका छन् ।
- रोबर्टसन सन् २०१७ मा लिभरपुल आएका थिए र ९ उपाधि जितेका छन् ।
- नयाँ लेफ्ट–ब्याकको आगमनपछि रोबर्टसनको खेल्ने अवसर कम भएको थियो ।
२७ चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनले जारी सिजन सकिएपछि क्लब छाड्ने घोषणा गरेका छन् । उनको सम्झौता यही समरमा सकिँदैछ ।
३२ वर्षीय रोबर्टसन सन् २०१७ मा हल सिटीबाट लिभरपुल आएका थिए । उनले क्लबका लागि ३७३ खेल खेल्दै दुई प्रिमियर लिग र एक च्याम्पियन्स लिगसहित ९ उपाधि जितेका छन् ।
रोबर्टसनले क्लब छाड्ने निर्णय आफूका लागि सही समय भएको बताएका छन् । ‘यी ९ वर्ष म सधैं मुस्कानका साथ सम्झिनेछु’ उनले भने ।
नयाँ प्रशिक्षक आर्ने स्लटको आगमनपछि यस सिजनमा उनको खेल्ने अवसर कम भएको थियो। नयाँ लेफ्ट–ब्याक मिलोस केर्केज आएपछि रोबर्टसन धेरैजसो बेन्चमा बस्नुपरेको थियो ।
रोबर्टसनले भने, ‘यो क्लब र समर्थकहरूले मेरो लागि धेरै महत्व राख्छन् । अन्तिम दिनसम्म म आफ्नो शतप्रतिशत दिनेछु ।’
यसअघि नै टोलीका अर्का मुख्य खेलाडी मोहमद सालाहले पनि सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया 4