+

पीएम कप : आर्मीले फाइनल खेल्ने पक्का, सुदूरपश्चिम र मधेशमध्ये एक टोली फाइनल पुग्ने

२०८२ चैत  २९ गते १९:०४ २०८२ चैत २९ गते १९:०४
पीएम कप : आर्मीले फाइनल खेल्ने पक्का, सुदूरपश्चिम र मधेशमध्ये एक टोली फाइनल पुग्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ।
  • नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल फाइनल दौडबाट बाहिरिएका छन्।
  • सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गर्दै पहिलोपटक फाइनलमा पुग्ने सम्भावना बनाएको छ।

२९ चैत, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ । मधेश प्रदेशमा जारी क्रिकेटमा आर्मीले २ खेल अगावै फाइनलमा स्थान बनाएको हो । आर्मीले ७ खेलबाट १३ अंक जोडेको छ ।

विभागीय टोलीमध्ये आर्मी फाइनलमा पुग्दा अर्का दुई टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब फाइनल दौडबाट बाहिरिएका छन् ।

एक खेल खेल्न बाँकी रहेका पुलिस र एपीएफ समान ९ अंक जोड्दै फाइनल होडबाट बाहिरिएका हुन् । दुवैले ४ खेलमा जित र ३ खेलमा हार बेहार्दा एक खेल नतिजाविहीन भए ।

आजै भएको खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । सुदूरले दिएको १९२ रनको लक्ष्य पछ्याएको पुलिस १३५ रनमै अलआउट भयो ।

अब अन्तिम खेलमा पुलिस र एपीएफले मधेश प्रदेशको सामना गर्नेछन् । मधेशलाई भने फाइनलमा पुग्न पुलिस र एपीएफ दुवैलाई पराजित गर्नुपर्नेछ ।

कुनै एक खेलमा पराजित भएमा पनि सुदूरपश्चिम प्रदेश फाइनलमा पुग्नेछ । लिग चरणका सबै खेल खेलिसकेको सुदूरपश्चिम १२ अंक जोड्दै दोस्रो स्थानमा छ । सुदूर पीएम कपको इतिहासमा पहिलोपटक फाइनल खेल्ने संघारमा पुगेको छ ।

मधेशले ७ खेलबाट ९ अंक जोडेको छ । लिग चरणका ६ खेल बाँकी हुँदा ८ टोलीको जय ट्रफी खेल्ने सम्भावना कायमै छ । लिग चरणको अन्तिममा शीर्ष ६ मा रहने टोलीले जय ट्रफी बहुदिवसीय क्रिकेट खेल्नेछन् ।

कर्णाली र कोशी प्रदेशको शीर्ष ६ मा पर्ने सम्भावना सकिँदा अन्य ८ टोलीको सम्भावना कायमै छ ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय