+
+
Shares

राजेन्द्र बजगाईंले छोडे कांग्रेस

नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टी परित्यागको घोषणा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टी परित्यागको घोषणा गरेका छन्।
  • उनले सामाजिक सञ्जालमा 'अन्ततः कांग्रेसमा बसिएन' भनेका छन्।
  • बजगाईंले कांग्रेसको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै सदस्यता पुनःस्थापनाको निर्णयप्रति खेद व्यक्त गरेका छन्।

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टी परित्यागको घोषणा गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले कांग्रेसमा अब नरहेको घोषणा गरेका हुन् ।

‘अन्ततः कांग्रेसमा बसिएन।सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्,’ उनले भनेका छन् । पछिल्लो समय उनी कांग्रेसको नेतृत्वप्रति असन्तुष्ट थिए ।

यस्तो छ उनको भनाइ 

अन्ततः कांग्रेसमा बसिएन।
सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्।

किसुनजीका सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति म खेद व्यक्त गर्दछु, त्यो फेरिफेरि भर्न किन पर्थ्यो र? त्यसको औचित्य छैन थिएन नि!

संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको छु।

विशेष वृन्दहरू चरणबद्ध रूपमा पार्टी कब्जा अभियानमा लागेका छन्।

उनीहरूले यसरी खेल खेलिरहेका छन्—
सके प्रभावको कोर्रा हानेर आधिकारिकता लिने,
नसके अप्ठ्यारो ढुंगाको पर्खाल खडा गरेर तथ्यांक संकलनको आडमा भित्री षड्यन्त्रमार्फत कांग्रेसमाथि नियन्त्रण जमाउने गरी सदस्यताको ‘डीएनए’ बनाउने।\

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?