+

अन्याय भएको भन्दै कर्णाली प्रदेशको टोलीबाट नखेल्ने अनुज चनाराको घोषणा

२०८३ वैशाख  १ गते १३:१२ २०८३ वैशाख १ गते १३:१२
अन्याय भएको भन्दै कर्णाली प्रदेशको टोलीबाट नखेल्ने अनुज चनाराको घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशका क्रिकेटर अनुज चनाराले टोलीबाट पाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रदेशको टोली छाडेको घोषणा गरेका छन्।
  • उनले विगत ३ वर्षदेखि खेलमा पर्याप्त अवसर नपाएको र ५० ओभरको खेलमा प्रायः २–४ ओभर मात्र बलिङ गर्न पाएको गुनासो गरेका छन्।
  • उनले कप्तान र कोचसँग बारम्बार प्रश्न गर्दा “स्पिन ट्र्याक छ” भन्ने जवाफ पाएको र यी सबै कारणले कर्णाली प्रदेशबाट नखेल्ने निर्णय गरेको बताएका छन्।

१ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका क्रिकेटर अनुज चनाराले टोलीबाट पाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रदेशको टोली छाडेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् स्टाटस राख्दै उनले टिमभित्र अन्यायमा परेको उल्लेख गरेका छन् । ‘मैले सधैं कर्णाली प्रदेशको लागि आफ्नो तर्फबाट सक्दो योगदान दिएको छु। तर, विगत ३ वर्षदेखि टोलीबाट मैले पाएको व्यवहारका कारण आज म यो लेख्न बाध्य भएको छु’ उनले भनेका छन् ।

चनाराले पछिल्लो तीन वर्षदेखि आफूलाई खेलमा पर्याप्त अवसर नदिइएको गुनासो गरेका छन् । प्लेइङ ११ मा राखिए पनि ५० ओभरको खेलमा प्रायः २–४ ओभर मात्र बलिङ गर्न दिइएको र राम्रो प्रदर्शन गर्दा पनि पूरा १० ओभरको स्पेल नदिइएको उनले बताएका छन् । साथै, केही खेलमा विकेट लिन नसक्दा लगातार टोली बाहिर राखिएको उनको भनाइ छ ।

‘मैले कप्तान र कोचसँग बारम्बार प्रश्न गर्दा “स्पिन ट्र्याक छ” भन्ने जवाफ मात्र पाइन्थ्यो। त्यसका बाबजुद पनि मैले आफूलाई सधैं टिमको लागि तयार राखेँ, किनकि क्रिकेट एउटा टिम खेल हो र टिमको जित नै मेरो प्राथमिकता थियो’ उनले भनेका छन् ।

कप्तानले ‘माथिबाट जे आदेश आउँछ, त्यही गर्छु’ भनेको उल्लेख गर्दै उनले केही खेलहरूमा आफूले गरेको प्रदर्शन पनि समावेश गरेका छन् ।

‘दाङमा भएको खेलमा पुलिस क्लबविरुद्ध मैले १० ओभर बलिङ गर्दै २९ रन दिएर ४ विकेट लिएको थिएँ । यसपटक लुम्बिनीविरुद्धको खेल वर्षाका कारण रद्द भयो । त्यसपछि सुदूरपश्चिमविरुद्ध ५ ओभरमा ३३ रन दिएर २ विकेट लिएको थिएँ। त्यसपछि लगातार २ खेलमा २–३ ओभर मात्र अवसर पाइयो, जसमा विकेट लिन सकिनँ, र त्यसपछि लगातार ३ खेलमा टोली बाहिर राखियो । पुलिस क्लबविरुद्ध फेरि मौका पाउँदा ६ ओभरमा ३५ रन दिएर २ विकेट लिएको थिएँ, तर त्यसपछि फेरि आज गण्डकीसँगको खेलमा बाहिर राखियो’ उनको गुनासो छ ।

यी सबै परिस्थितिलाई मध्यनजर गर्दै कर्णाली प्रदेशबाट नखेल्ने निर्णय गरेको उनले बताएका छन् ।

अनुज चनारा पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय