News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका विकेटकिपर ब्याटर सन्जु सामसनलाई मार्च महिनाको आईसीसी ‘प्लेयर अफ द मन्थ’ घोषित गरिएको छ।
- सामसनले मार्चमा तीन खेलमा २७५ रन बनाएर भारतलाई टी-२० विश्वकप २०२६ मा उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले।
- सामसनको यो पहिलो आईसीसी ‘प्लेयर अफ द मन्थ’ अवार्ड हो।
१ वैशाख, काठमाडौं । भारतका विकेटकिपर ब्याटर सन्जु सामसन मार्च महिनाको आईसीसी ‘प्लेयर अफ द मन्थ’ घोषित गरिएको छ ।
गत महिना सम्पन्न आईसीसी टी-२० विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका उनले यो अवार्ड जितेका हुन् ।
सुरुवाती चरणमा टोलीमा नियमित स्थान नपाएका सामसनले सुपर–८ देखि अवसर पाएपछि शानदार ब्याटिङ गरे ।
उनले वेस्ट इन्डिजविरुद्ध ९७ रन बनाए भने इंग्ल्यान्डसँगको सेमिफाइनल र न्युजिल्यान्डसँगको फाइनलमा समान ८९–८९ रनको योगदान दिए ।
मार्चमा खेलेका तीन खेलमा उनले २७५ रन बनाउँदै १३७.५० को औसत र १९९ भन्दा माथिको स्ट्राइक रेट कायम गरे । उनको प्रदर्शनकै कारण भारतले उपाधि रक्षा गर्न सफल भयो ।
सामसनको करियरमा यो पहिलो आईसीसी ‘प्लेयर अफ द मन्थ’ अवार्ड हो ।
प्रतिक्रिया 4