+
+
Shares

कार्की आयोगको प्रतिवेदन अध्ययन समितिले कांग्रेसलाई बुझायो ५२ पृष्ठको प्रतिवेदन

नेपाली कांग्रेसले गठन गरेको समितिले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले गठन गरेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि अध्ययन गरी समितिले प्रतिवदन बुझाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको छानबिनका लागि गठन गरेको कार्की आयोगको प्रतिवेदन अध्ययन गरी पाँच सदस्यीय समितिले प्रतिवेदन बुझाएको छ।
  • वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा बनेको समितिले ५२ पेजको प्रतिवेदनमा भदौ २४ को घटनालाई नजरअन्दाज गरिएको र त्यसबारे विस्तृत विवरण पेस गरेको उल्लेख गरेको छ।
  • कार्की आयोगले समय अभावका कारण भदौ २४ को घटनाको विस्तृत प्रतिवेदन तयार गर्न नसकेको जवाफमा कांग्रेसले आपत्ति जनाउँदै आवश्यक निर्णय लिने आशा व्यक्त गरेको छ।

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको समितिले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले गठन गरेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि अध्ययन गरी समितिले प्रतिवदन बुझाएको छ ।

कांग्रेसले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले आज प्रतिवेदन पार्टीलाई हस्तान्तरण गरेको हो । प्रतिवेदन बुझाइसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले यसै आधारमा नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदनबारे आफ्नो धारणा सार्वजनिक गर्ने विश्वास व्यक्त गरे ।

‘नेपाली कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अध्ययन समिति गठन गरेको थियो । अध्ययन गरेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी थियो,’ उनले भने, ‘५२ पेजको प्रतिवेदनमा समष्टिगत रुपमा जेनजी आन्दोलनबारे भदौ २३ धेरै उल्लेख गरियो २४ का घटनालाई नजरअन्दाज गरियो । योसहित हामीले धेरै कुरा खुलाएर प्रतिवेदन बुझाएका छौं ।’

उनले भदौ २४ को घटनाबारे कार्की आयोगले समय अभाव भएकाले २४ गतेका विषयमा विस्तृत प्रतिवेदन तयार पार्न नसकेको भनेर दिएको जवाफमा आपत्ति जनाए ।
‘कार्की आयोगले समय अभाव भनेको छ । पटक-पटक म्याद थप गरिएको थियो । पन्छिन मिल्ने अवस्था थिएन । २४ गतेको घटनाको डिटेल्स निकालेर हामीले पेस गरेका छौं,’ उनले भने, ‘ अब यस प्रतिवेदनलाई अध्ययन गरेर कांग्रेसले आवश्यक निर्णय लिनेमा आशावादी छौं ।’

कार्की आयोगकै प्रतिवेदनका आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । अहिले दुवै नेता हिरासत मुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?