+

तीन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्ने टोलीको बिदाइ

२०८३ वैशाख  ४ गते १९:४३ २०८३ वैशाख ४ गते १९:४३
तीन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्ने टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप नेपाल च्याप्टरले तीन अन्तर्राष्ट्रिय तेक्वान्दो टोलीलाई बिदाइ गरेको छ ।
  • जापानको वाता ओपनमा प्रविण श्रेष्ठ, सन्देश अधिकारी र गणेशबहादुर खड्काले प्रतिस्पर्धा गर्नेछन् भने टोली प्रमुख गिरिबहादुर सुनार छन् ।
  • मलेसिया र चीनमा हुने ओपन च्याम्पियनसिपमा पनि नेपाली खेलाडी र अफिसियल सहभागी हुनेछन् ।

४ बैशाख, काठमाडौं । इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को नेपाल च्याप्टरले तीन छुट्टा–छुट्टै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ ।

आइओएफटिसीले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै तीनै वटा टोलीलाई केल्मी ब्रान्डको ट्रयाकसुट प्रदान गर्दै बिदाइ गरेको हो ।

यही अप्रिल २४ देखि २६ सम्म हुने जापानमा हुने वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका प्रविण श्रेष्ठ, सन्देश अधिकारी र गणेशबहादुर खड्काले प्रतिस्पर्धा गर्दैछन् । यो प्रतियोगिताको टोली प्रमुखमा गिरिबहादुर सुनार छन् । सुनार आइओएफटिसी नेपालका महासचिव समेत हुन् ।

यस्तै मे २ देखि ३ सम्म आयोजना हुने मलेसिया ओपन तेक्वान्दोमा सन्दीप न्यौपाने र अफिसियलको रुपमा दिवाकर केसीले सहभागिता जनाउँदैछन् ।

मे २ देखि ५ सम्म चीनमा हुने हाइनान अन्तर्राष्ट्रिय ओपन च्याम्पियनसिपमा नेपालका भिजन तामाङ, सन्दीप बस्नेत, आयुश बोहराले प्रतिस्पर्धा गर्नेछन् । इन्द्रराज खड्का अफिसियलको रुपमा सहभागी हुनेछन् ।

सबै खेलाडी तथा अफिसियललाई आइओएफसिटीका अध्यक्ष मिनप्रसाद खनाल र पदाधिकारीले शुक्रवार विदाई गरे ।

अमेरिकामा मुख्यालय रहेको आइओएफसिटीले गत पुसमा आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा नेपालमा १५औं संस्करणको प्रतियोगिता आयोजना गरेको थियो । अब १६औं संस्करण आगामी नोभेम्बरमा अस्ट्रेलियाको मेलवर्नमा आयोजना गर्ने तयारी रहेकव आइओएफटिसीले जनाएको छ ।

आइओएफटिसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय