+

पूर्वखेलाडी सरफराज पाकिस्तानी क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त

२०८३ वैशाख  ५ गते १४:३८ २०८३ वैशाख ५ गते १४:३८
पूर्वखेलाडी सरफराज पाकिस्तानी क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तान क्रिकेट टोलीले मे ४ देखि बंगलादेशमा दुई टेस्ट खेल्न नयाँ टोली घोषणा गरेको छ।
  • पूर्वकप्तान सरफराज अहमदलाई पाकिस्तानको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको छ।
  • टोलीमा चार नयाँ खेलाडी समावेश गरिएका छन् र कप्तानी शान मसुदले गर्नेछन्।

५ वैशाख, काठमाडौं । पाकिस्तान क्रिकेट टोलीले आगामी महिना बंगलादेश भ्रमणका लागि टेस्ट टोली घोषणा गरेको छ । यस्तै पूर्वकप्तान रहिसकेका सरफराज अहमदलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको छ ।

पाकिस्तानले बंगलादेशविरुद्धको दुई टेस्ट शृंखलाका लागि चार नयाँ खेलाडी समेटेको छ । अब्दुल्लाह फजल, अजान अवाइस, गाजी घोरी र अमाद बट पहिलोपटक टेस्ट टोलीमा परेका हुन् । यी खेलाडीहरूले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेपछि अवसर पाएका हुन् ।

यसअघि दक्षिण अफ्रिकाविरुद्ध खेलेको टोलीबाट पाँच खेलाडी हटाइएका छन् । अब्दुल्लाह शफीक, आसिफ अली, अबरार अहमद, कामरान गुलाम र रोहेल नजीर टोलीमा छैनन् । यता मोहम्मद अब्बासलाई पुनः टोलीमा बोलाइएको छ ।

टोलीको कप्तानी शान मसुदले गर्नेछन् । टोलीमा बाबर आजम, मोहम्मद रिजवान, सलमान अघा, सउद शकील र इमाम उल हकजस्ता अनुभवी ब्याटरहरू रहेका छन् । बलिङतर्फ शाहिन शाह अफ्रिदी, हसन अली, खुर्रम शाहजाद र अब्बास मुख्य तेज बलर हुन् भने नोमान अली र सजिद खान स्पिनरका रूपमा छन् ।

सरफराजका साथ उनका पूर्वसहकर्मी आसद शफीक ब्याटिङ प्रशिक्षक र उमर गुल बलिङ प्रशिक्षक नियुक्त भएका छन् । सरफराजले यसअघि यू–१९ टोलीसँग काम गर्दै एसिया कप जिताएका थिए ।

पाकिस्तानले बंगलादेशमा मे ४ देखि ढाकामा पहिलो टेस्ट खेल्नेछ भने दोस्रो टेस्ट मे १६ देखि सिल्हेटमा हुनेछ ।

पाकिस्तानको टोली : शान मसुद (कप्तान), अब्दुल्लाह फजल, अमाद बट, अजान अवाइस, बाबर आजम, हसन अली, इमाम–उल–हक, खुर्रम शाहजाद, मोहम्मद अब्बास, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद गाजी घोरी (विकेटकिपर), नोमान अली, सजिद खान, सलमान अली अघा, सउद शकील, शाहिन शाह अफ्रिदी ।

सरफराज अहमद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय