५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेले भोलि आइतबार दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी सचिवालयको बैठक आह्वान गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा ६ वटा मुख्य एजेन्डा तय गरिएको झाले बताए । उनका अनुसार जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञहरू, योजनाहरू आह्वान र विविध जस्ता एजेन्डा छन् ।
विविधमा पनि प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक, र संसदीय दलका लागि प्राविधिक सहायता तथा लेबी सम्बन्धमा छलफल गर्ने एजेन्डा रहेको झाले जनाएका छन् ।
प्रतिक्रिया 4