+

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता गर्ने

२०८३ वैशाख  ७ गते १२:०९ २०८३ वैशाख ७ गते १२:०९
नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बुद्धिचाल महासंघले वैशाख १६ देखि १८ गतेसम्म काठमाडौंमा नेशनल र्यापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको छ।
  • महासंघले जेठ ४ देखि ८ गतेसम्म झापाको बिर्तामोडमा २७औं खुला राष्ट्रिय र ११औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि नेशनल ‘बी’ छनोट आयोजना गर्नेछ।
  • महासंघले मधेस प्रदेशको जनकपुरधाममा साधारणसभा गर्ने र अधिवेशन सम्पन्न नगरेका जिल्लामा तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।

७ वैशाख, काठमाडौं । नेपाल बुद्धिचाल महासंघले विभिन्न राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने निर्णय गरेको छ । अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकअनुसार, वैशाख १६ देखि १८ गतेसम्म नेशनल र्यापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिप काठमाडौंमा सञ्चालन हुनेछ । प्रतियोगिताको स्थानीय व्यवस्थापनको जिम्मेवारी क्षेत्रपाटी क्लबलाई दिइएको छ ।

त्यसैगरी, जेठ ४ देखि ८ गतेसम्म झापाको बिर्तामोडमा २७औं खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता र ११औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि नेशनल ‘बी’ छनोट प्रतियोगिता आयोजना गरिनेछ । यसका लागि काँकडभिट्टा स्थित नाइट चेस क्लबलाई स्थानीय व्यवस्थापनको जिम्मा दिइएको छ । उक्त छनोटबाट पुरुष र महिलातर्फ ९/९ खेलाडी नेशनल ‘ए’ का लागि छनोट हुनेछन् ।

नेशनल ‘ए’ अन्तर्गत पुरुष तथा महिला राष्ट्रिय प्रतियोगिता जेठ २९ देखि असार ४ गतेसम्म कास्कीमा हुनेछ । यस प्रतियोगिताबाट समान चार–चार खेलाडी उज्बेकिस्तानमा हुने ४७औं चेस ओलम्पियाडका लागि छनोट गरिनेछ ।

यस्तै, जेठ १० देखि १२ गतेसम्म ललितपुरमा नेशनल जुनियर चेस च्याम्पियनसिप पनि आयोजना गरिनेछ ।

महासंघले आफ्नो नियमित साधारणसभा मधेस प्रदेशको जनकपुरधाममा गर्ने निर्णय गरेको छ । हालसम्म ५५ जिल्लामध्ये २० जिल्लाले निर्धारित समयभित्र अधिवेशन सम्पन्न गरिसकेका छन् । बाँकी जिल्लामा चेस गतिविधिको आधारमा तदर्थ समिति गठन गरिनेछ ।

यसका लागि अध्यक्ष हेराकाजी महर्जनको संयोजकत्वमा अनुगमन उपसमिति गठन गरिएको छ, जसमा वरिष्ठ उपाध्यक्ष दिपेन राई, उपाध्यक्ष माधव प्रसाद प्रधान, महासचिव धरमबहादुर लामा र खेलाडी रुपेश जैसवाल सदस्य रहेका छन् । उपसमितिले एक हप्ताभित्र प्रतिवेदन तयार गरी वैशाख १२ गते बस्ने कार्यसमिति बैठकमा पेश गर्नेछ ।

महासंघले नेशनल र्यापिड तथा ब्लिट्ज चेसका प्रमुख निर्णायकमा एफए सोराज ताम्राकार र नेशनल ‘बी’ चेसका प्रमुख निर्णायकमा एफए भुपेन्द्र निरौलालाई जिम्मेवारी दिएको छ।

नेपाल बुद्धिचाल महासंघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय