+
+
Shares

अमेरिकी सहायक विदेशमन्त्रीको भ्रमण, रविसँग भयो अमेरिका-नेपाल सहकार्यका क्षेत्रबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते २१:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार बनेपछि अमेरिकी दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन्।
  • कपुरले सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेसँग भेट गरी अमेरिका र नेपालबीच सहकार्यका क्षेत्रबारे कुरा गरेका छन्।
  • कपुरले अमेरिकी उद्योग प्रमुखहरूसँग नेपालको आइसिटी क्षेत्रमा व्यापारिक अवसर विस्तार र डिजिटल पूर्वाधार सुदृढीकरणबारे छलफल गरेका छन्।

७ वैशाख, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि अमेरिकी दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । कपुर बालेन सरकार बनेपछि नेपाल भ्रमण गर्ने उच्चतहका पहिलो कूटनीतिज्ञ हुन् ।

नयाँ सरकार र सरकारको नेतृत्व गर्ने रास्वपासँगको सम्बन्धलाई विस्तार गर्ने योजना अन्तर्गतको भ्रमणको रुपमा पनि यसलाई हेरिएको छ ।

सोमबार बिहान सवा ६ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेका कपुरले पहिलो भेट नै सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेसँग गरेका छन् । भेटमा उनले अमेरिका र नेपाल सहकार्यका क्षेत्रबारे कुरा गरेको बताएका छन् ।

‘काठमाडौंमासँग भेट्न पाउँदा खुशी लाग्यो। नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्राथमिकताहरू बुझ्ने र अमेरिका–नेपाल सहकार्यका क्षेत्रहरूबारे छलफल गर्ने अवसर मिल्यो’ उनले भनेका छन् । सहकार्यका कस्ता र के के क्षेत्रहरूमा छलफल भएको हो त्यो दुवै पक्षले खुलाएका छैनन् ।

कपुरले सोबार दिउँसो अमेरिकी उद्योग प्रमुखहरूसँग नेपालको आइसिटी क्षेत्रमा अमेरिकी व्यापारिक अवसर विस्तार गर्ने विषयमा छलफल गरेका थिए ।

उक्त छलफलमा डिजिटल पूर्वाधार सुदृढ बनाउने,एआईको प्रयोग बढाउने, साइबर सुरक्षा मजबुत पार्ने, र अमेरिकी प्रविधिगत दक्षता आदानप्रदान गर्ने उपायहरूबारे कुराकानी भएको दक्षिण तथा मध्य एसिया ब्यूरोले जनाएको छ ।

गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे । तीन दिने भ्रमणका लागि आएका उनले मंगलबा परराष्ट्रमन्त्री र अर्थमन्त्रीलाई भटेट्ने छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहसँगक भेट भने निश्चित छैन । यसअघि बंगलादेशमा पनि नयाँ सरकार बनेपछि कपुरले भ्रमण गरेर त्यहाँको द्विपक्षीय सम्बन्धबारे कुराकानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?