+

‘अन्डर लाइट्स’ टी-२०आई सिरिज : नेपालले यूएईसँग दोस्रो खेल खेल्दै

२०८३ वैशाख  ८ गते ८:४० २०८३ वैशाख ८ गते ८:४०
‘अन्डर लाइट्स’ टी-२०आई सिरिज : नेपालले यूएईसँग दोस्रो खेल खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र यूएईबीच त्रिवि क्रिकेट मैदानमा दोस्रो टी-२०आई खेल आज हुँदैछ ।
  • पहिलो खेलमा नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो ।
  • नेपालका पेस बलर हेमन्त धामीले टी-२०आई डेब्यू गरेका थिए ।

८ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी-२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो ।

नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो । सोमबारको खेलमा पहिलो इनिङ सकिन लाग्दा वर्षा भएपछि खेल रोकिएको थियो ।

त्यसपछि खेल १० ओभरमा घटाइएको थियो भने यूएईलाई ७८ रनको लक्ष्य प्राप्त भएको थियो । यूएईले ७ बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि हिजोको खेलमा पेस बलर हेमन्त धामीले टी-२०आई डेब्यू गरे । आजको खेलमा सन्तोष यादवले पनि डेब्यू पाउने सम्भावना छ ।

कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी-२०आई टोलीबाट हटाएपछिको नयाँ स्वरुपको टोली पहिलो खेलमा भने सफल हुन सकेन ।

यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएका छन् ।

नेपालको टी-२०आई टोली : दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल

'अन्डर लाइट्स' टी-२०आई सिरिज नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय