+

टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र पाँचौंमा झरे

२०८३ वैशाख  ९ गते १९:२४ २०८३ वैशाख ९ गते १९:२४
टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र पाँचौंमा झरे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन्।
  • दीपेन्द्रको रेटिङ अंक २३९ मा घटेको छ र उनी चौथो स्थानबाट पाँचौं स्थानमा पुगेका हुन्।
  • आईसीसी टी-२० विश्वकपमा दीपेन्द्रले नेपालका लागि सर्वाधिक १६९ रन बनाएका थिए र २ विकेट लिएका थिए।

११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक २३९ मा घटेको छ ।

भारतमा सम्पन्न आईसीसी टी-२० विश्वकपको समूह चरणमा गरेको प्रदर्शनपछि दीपेन्द्रको वरियता सुधार भएर छैटौंबाट चौथोमा उक्लिएका थिए । त्यसपछि हालैमात्र उनी नेपालको टी-२०आई कप्तान चुनिएका थिए ।

दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक (१६९) रन बनाएका थिए भने बलिङमा २ विकेट लिएका थिए । त्यही प्रदर्शनबाट दीपेन्द्रको रेटिङ अंक बढेर हालसम्मकै उच्च (२४४) पुगेको थियो ।

नेपालले सोमबार र मंगलबार यूएईसँग टी-२०आई खेलेको थियो । दीपेन्द्रले दुवै खेलमा ब्याटिङ गरे । पहिलो खेलमा ३२ र दोस्रो खेलमा २३ रन बनाएर नटआउट बने ।

पहिलो खेलमा बलिङ नगरेका दीपेन्द्रले दोस्रो खेलमा ३ ओभरमा १६ रन खर्चिएर कुनै विकेट लिएनन् ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२८ यथावत् छ ।

भारतका हार्दिक पान्ड्या दोस्रोमै यथावत् रहेका छन् । उनको रेटिङ अंक २९९ नै छ । तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् ।

अजमतुल्लाह ओमरजाइ चौथोमा तथा वेस्ट इन्डिजका रस्टन चेज पाँचौंमा उक्लिएका छन् । दीपेन्द्रकै समान २३९ अंक चेजको पनि छ । दुवैजना पाँचौंमा छन् ।

 

अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरियता दीपेन्द्रसिंह ऐरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय