+
+
Shares

९ वर्षपछि इस्मा गाउँपालिका केन्द्रको टुंगो

गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र ९ वर्षपछि टुंगो लागेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको इस्मा गाउँपालिकाले ९ वर्षपछि स्थायी केन्द्र चापटारीमा राख्ने निर्णय गरेको छ।
  • गाउँ सभाको बैठकले सर्वसम्मत रूपमा केन्द्र तोक्दा करिब ९ वर्षदेखिको अन्योल हटेको छ।
  • गाउँपालिका अध्यक्ष खड्काले यो निर्णय इस्माको समग्र विकासका लागि महत्वपूर्ण कोसेढुंगा भएको बताए ।

१४ वैशाख, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र ९ वर्षपछि टुंगो लागेको छ ।

लामो समयदेखिको विवाद अन्त्य गर्दै गाउँपालिकाको स्थायी केन्द्र चापटारीमा राख्ने निर्णय भएको छ ।

इस्मा–५ चापटारीमा सम्पन्न गाउँ सभाको बैठकले सर्वसम्मत रूपमा केन्द्र तोक्ने निर्णय गरेसँगै करिब ९ वर्षदेखि चल्दै आएको अन्योल हटेको हो ।

स्थानीय तह पुनर्संरचनापछि भाडाको संरचनाबाट सेवा सञ्चालन गर्दै आएको गाउँपालिकाले अब आफ्नै स्थायी प्रशासनिक केन्द्र निर्माण गर्ने बाटो खुलेको छ ।

चापटारीमा गाउँपालिका केन्द्र बनाउने प्रस्ताव एमालेका पोमप्रसाद भुसालले पेस गरेका थिए भने नेपाली कांग्रेसका ढालबहादुर कुँवरले समर्थन गरेका थिए ।

गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले यो निर्णय इस्माको समग्र विकासका लागि महत्वपूर्ण कोसेढुंगा भएको बताए ।

अब आफ्नै प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेतर्फ केन्द्रित हुने उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले राजनीतिक मतभेदभन्दा माथि उठेर गरिएको सहमति इस्मा एकताको उदाहरण भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?