+
+
Shares

चैत मसान्तभित्र सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई रास्वपाको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १७:४०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले चैत मसान्तभित्र सुकुमवासीको व्यवस्थित व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ।
  • रास्वपाले खोला किनारामा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुझाव दिएको छ।
  • सरकारलाई अधिकार सम्पन्न प्राधिकरण गठन गरी कम्तीमा ७५ प्रतिशत सुकुमवासीलाइ व्यवस्थापन गर्न निर्देशन दिएको छ।

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत मसान्तभित्र सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ ।

आइतबार बसेको रास्वपा सचिवाल बैठकले यस्तो सरकारलाई सुझाव दिएको हो ।

काठमाडौं उपत्यकाका खोला किनारामा असुरक्षित  र अव्यस्थित बसोबास गरिरहेका नागरिकलाई चैत मसान्तभित्र सुरक्षित स्थानमा बासस्थान मिलाउन सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले भने, ‘केही महिनापछि बाढी आउँछ । फेरि भिजिबिलिटी पुगेन भनेर छाड्दिने हो कि अहिलेदेखि नै सुरक्षित ठाउँतिर लैजाने हो । सरकारलाई आगामी चैत मसान्तभित्र व्यवस्थित तरिकाले गाँस, बास र स्वास्थ्यमा ध्यान दिएर व्यवस्थापन गर्न बैठकले सुझाव दिएको छ ।’

घरबार विहीनहरूलाई सुरक्षित एवं व्यस्थित रूपमा स्थानान्तरणका लागि सरकारलाई सुझाव दिने निर्णय भएको उनले जानकारी दिए ।

यसका लागि अधिकार सम्पन्न प्राधिकरण बनाउने र यसको लगतहरू बनाएर आवश्यक सूचना लिएर चैत मसान्तभित्रमा कम्तीमा ७५ प्रतिशत व्यवस्थापन गरिसक्न सरकारलाई सुझाव दिएको उनको भनाइ छ ।

झाका अनुसार अधिकार सम्पन्न प्राधिकरण गठन गरेर प्राधिकरणले लगत उपलब्ध नगराएसम्मका लागि अब अपचलन गर्ने उद्देश्यले अधिग्रहण गरिएका संरचनाबाहेकको अरू ठाउँमा डोजर चल्ने छैन ।

यही अनुरूप स्थानीय सरकारले आफ्नो क्षेत्रकाधिकार अनुसार काम गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?