+
+
Shares

रास्वपा रसुवा जिल्ला समिति विघटन

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले रसुवा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले रसुवा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ।
  • पार्टी प्रवक्ता मनिष झाले विघटनको निर्णय पार्टीको बागमती प्रदेश समितिको सिफारिस बमोजिम भएको जानकारी दिए।
  • फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रसुवामा कम मत प्राप्त भएपछि नयाँ जिल्ला कार्यसमिति गठन गर्न लागिएको नेताहरूले बताएका छन्।

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले रसुवा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टीको बागमती प्रदेश समितिको सिफारिस बमोजिम रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने निर्णय भएको उनको भनाइ छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अन्यत्र भन्दा कम मत प्राप्त गरेको भन्दै नयाँ जिल्ला कार्यसमिति गठन गर्न लागिएको नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?