+
+
Shares

१८ सय १६ सुकुमवासी परिवार सम्पर्कमा

अव्यवस्थित बस्ती हटाउनेक्रममा आफूलाई सुकुमवासी दाबी गर्दै १८ सय १६ परिवार सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बागमती नदी र सहायक नदी किनारका अव्यवस्थित तथा सुकुमवासी बस्ती हटाउने क्रम जारी राखेको छ।
  • प्रधानमन्त्रीको सचिवालयले १८ सय १६ परिवार र ७ हजार ७८९ सदस्यलाई सुकुमवासी दाबी गर्दै सरकारको सम्पर्कमा आएको जनाएको छ।
  • सरकारले ७९४ जनालाई चार होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको र बाँकीले आफ्नै पहलमा आवास व्यवस्था गर्ने बताएका छन्।

२० वैशाख, काठमाडौं । सरकारले बागमती नदि र यसका सहायक नदि किनारको अव्यवस्थित तथा सुकुमवासी बस्ती हटाउने क्रम जारी राखेको छ ।

यसरी अव्यवस्थित बस्ती हटाउनेक्रममा आफूलाई सुकुमवासी दाबी गर्दै १८ सय १६ परिवार सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

१८ सय १६ परिवारमा ७ हजार ७८९ जना सदस्य रहेको प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सरकारले अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई विभिन्न ४ वटा होल्डिङ सेन्टरमा राखिएको पनि जनाएको छ ।

सम्पर्कमा आएकामध्ये ७९४ जनालाई व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको बताइएको छ।

त्यस्तै दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकीले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।

हाल सञ्चालनमा रहेका होल्डिङ सेन्टरहरू:
१. कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन
२. नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू
३. भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र
४. बोडेस्थित कृषि तालिम केन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?