News Summary
Generated by OK AI. Editorially reviewed.- इन्स्टाग्रामले नचलाउने एकाउन्ट हटाएर फलोअर्स संख्या घटाएको छ, जसलाई इन्टरनेट प्रयोगकर्ताले '२०२६ को महा-सफाई' भनेका छन्।
- इन्स्टाग्राम स्वयमले १ करोड ५२ लाख फलोअर्स गुमाएर ६८६ मिलियनमा झरेको छ भने क्रिस्टियानो रोनाल्डोले ९.१९ मिलियन गुमाएका छन्।
- मेटाका प्रवक्ताले भने, 'यदि कसैको वास्तविक एकाउन्ट झुक्किएर बन्द भएको छ भने, भेरिफिकेसनपछि त्यो संख्या फेरि जोडिनेछ' र यसबाट असुविधाप्रति क्षमाप्रार्थी छौँ।
यो हप्ता इन्स्टाग्राम चलाउने ठूला व्यापारी, सेलिब्रेटी र कन्टेन्ट क्रिएटरहरूका लागि केही तनावपूर्ण रह्यो। इन्स्टाग्रामले आफ्नो प्ल्याटफर्म अपडेट गर्दै ‘इनेक्टिभ’ (नचलाउने) एकाउन्टहरू हटाएपछि धेरैको फलोअर्स संख्या ह्वात्तै घटेको छ ।
नाइकी र भिक्टोरियाज सेक्रेट जस्ता ठूला ब्रान्डले त लाखौँको संख्यामा फलोअर्स गुमाएका छन् । अझ रमाइलो कुरा त के छ भने, यो दौडमा खुद इन्स्टाग्रामकै फलोअर्स सबैभन्दा धेरै घटेका छन् । इन्टरनेट प्रयोगकर्ताले यसलाई ‘२०२६ को महा-सफाई’ (ग्रेट पर्ज अफ २०२६) को नाम दिएका छन् ।
यस विषयमा मेटाका प्रवक्ताले जानकारी दिँदै भनेका छन्, ‘हामीले समय-समयमा गर्ने नियमित प्रक्रिया अन्तर्गत नचलाउने एकाउन्ट हटाएका हौँ । यसले गर्दा केही प्रयोगकर्ताको फलोअर्स संख्यामा फेरबदल देखिएको हुन सक्छ । वास्तविक र एक्टिभ प्रयोगकर्तालाई यसले केही असर गर्दैन । यदि कसैको वास्तविक एकाउन्ट झुक्किएर बन्द भएको छ भने, भेरिफिकेसनपछि त्यो संख्या फेरि जोडिनेछ । यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।’
किन भयो त यस्तो ?
यो सबै हुनुको मुख्य कारण इन्स्टाग्रामले ‘ओरिजिनल’ अर्थात् आफैँले बनाएका सामग्रीलाई बढावा दिनु र अरूको फोटो वा भिडियो कपी गरेर हाल्ने एकाउन्टलाई निरुत्साहित गर्नु हो । अप्रिल ३० मै इन्स्टाग्रामले यस्तो संकेत दिएको थियो कि अब अरूको काम चोरेर हाल्नेहरूको ‘रिच’ (धेरै मान्छेसम्म पुग्ने क्षमता) कम गरिनेछ ।
गुगल ट्रेन्ड्सका अनुसार मे ६ देखि मानिसले ‘इन्स्टाग्राम बोट पर्ज’ (नक्कली एकाउन्टको सफाई) बारे खोजी गर्न थालेका थिए भने मे ८ सम्म पुग्दा यो खोजी उत्कर्षमा पुगेको थियो ।
कसले कति गुमाए ?
सोसल मिडिया ट्रयाकिङ टुल ‘इन्सट्र्याक’को विश्लेषण अनुसार सबैभन्दा धेरै फलोअर्स गुमाउनेहरू यस्ता छन् :
इन्स्टाग्राम स्वयम : १५.२ मिलियन (१ करोड ५२ लाख) गुमाएर अब ६८६ मिलियनमा झरेको छ ।
क्रिस्टियानो रोनाल्डो : ९.१९ मिलियन गुमाएर ६६४ मिलियनमा ।
किम कार्दशियन : ७.२४ मिलियन गुमाएर ३४५ मिलियनमा ।
काइली जेनर : ७.२० मिलियन गुमाएर ३८३ मिलियनमा ।
टेलर स्विफ्ट : ५.९० मिलियन गुमाएर २७४ मिलियनमा ।
नाइकी : ४.२७ मिलियन गुमाएर २९२ मिलियनमा ।
यद्यपि यी सबैको फलोअर्स संख्या करोडौँमा भएकाले उनीहरूको कुल फलोअर्सको २.५ प्रतिशत भन्दा कम मात्रै घटेको देखिन्छ ।
केहीलाई फाइदा पनि भयो
सबैको घटेको मात्र छैन, केही एकाउन्टमा भने फलोअर्स बढेका पनि छन् । जस्तै, ‘रोड’को ३०,००० फलोअर्स थपिएका छन् भने ‘डुओलिङ्गो’र ‘पप्पी’ जस्ता एकाउन्टमा पनि सामान्य वृद्धि देखिएको छ ।
मार्क जुकरबर्गका १ लाख २० हजार घटे । मिस्टर बिस्टका ४५ हजार घटे । टेस्लाका ८५ हजार घटे । गुगलका २ लाख २५ हजार घटे । स्टारबक्सका ४ लाख ५ हजार घटे । यसरी हेर्दा, इन्स्टाग्रामले अब नक्कली भिड र कपी-पेस्ट गर्नेलाई हटाएर वास्तविक क्रिएटरलाई मात्र ठाउँ दिन खोजेको प्रष्ट देखिन्छ ।
प्रतिक्रिया 4