+

रियल मड्रिडको प्रशिक्षकमा मोउरिन्होको चर्चा, वार्ता अन्तिम चरणमा

२०८३ वैशाख  ३० गते ८:३३ २०८३ वैशाख ३० गते ८:३३
रियल मड्रिडको प्रशिक्षकमा मोउरिन्होको चर्चा, वार्ता अन्तिम चरणमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जोसे मोउरिन्हो १३ वर्षपछि फेरि रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने अन्तिम चरणको वार्तामा पुगेका छन्।
  • मोरिन्होले बेनफिकाको अन्तिम खेलपछि १० दिनभित्र करिब ३० लाख युरो तिरेर क्लब छोड्न सक्ने व्यवस्था रहेको छ।
  • रियल मड्रिडले यो सिजन कुनै उपाधि जित्न सकेन र क्लबका अध्यक्षले मोउरिन्होको पुनरागमनबारे औपचारिक घोषणा गर्न सक्ने चर्चा बढेको छ।

३० वैशाख, काठमाडौं । जोसे मोउरिन्हो १३ वर्षपछि फेरि रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने अन्तिम चरणको वार्तामा पुगेका छन् । ६३ वर्षीय मोरिन्होलाई क्लबले नयाँ प्रशिक्षकका रूपमा पहिलो रोजाइमा राखेको बताइएको छ ।

उनी हाल पोर्चुगिज क्लब बेनफिकाका प्रशिक्षक हुन् । गएको सेप्टेम्बरमा दुई वर्षको सम्झौतामा क्लब सम्हालेका मोउरिन्होले आफ्नो भविष्यबारे अहिले केही नबोल्ने बताएका छन् । बेन्फिकाको शनिबार हुने अन्तिम खेलपछि मात्र यसबारे निर्णय हुने सम्भावना छ ।

मोउरिन्होको सम्झौतामा अन्तिम खेलपछि १० दिनभित्र करिब ३० लाख युरो तिरेर क्लब छोड्न सक्ने व्यवस्था रहेको छ । यसअघि उनले सन् २०१० देखि २०१३ सम्म रियल मड्रिड सम्हाल्दा स्पेनी लिग, स्पेनी कप र स्पेनी सुपर कप जिताएका थिए ।

रियल मड्रिडले यो सिजन कुनै उपाधि जित्न सकेन । ला लिगामा बार्सिलोनाले उपाधि जितिसक्दा रियल १४ अंकले पछि परेको छ । युरोपेली च्याम्पियन्स लिगमा पनि टोली क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।

यसैबीच क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले मोउरिन्होको सम्भावित पुनरागमनबारे औपचारिक घोषणा गर्न सक्ने चर्चा बढेको छ ।

-बीबीसीबाट

जोसे मोउरिन्हो रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय