पाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरमा बुधबार बिहान चितुवाको आक्रमणबाट प्रहरी हवल्दार प्रेम विक घाइते भएका छन्।
- एसपी गौतम मिश्रका अनुसार घाइते हवल्दारको किस्ट अस्पतालमा उपचार गरिएको छ।
- महालक्ष्मी नगरपालिका लुभुमा मोटरसाइकल गस्तीमा गइरहेका बेला चितुवाले आक्रमण गरेको थियो।
३० वैशाख, काठमाडौं । चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार बुधबार बिहान चितुवाको आक्रमणबाट प्रहरी घाइते भएका हुन् ।
घाइते हुनेमा प्रहरी हवल्दार प्रेम विक रहेको एसपी गौतमले बताए । उनका अनुसार महालक्ष्मी नगरपालिका लुभुमा चितुवाले आक्रमण गरेको हो । मोटरसाइकल गस्तीमा गइरहेका बेला गहुँबारीबाट निस्केको चितुवाले आक्रमण गरेको थियो ।
आक्रमणबाट घाइते हवल्दारको किस्ट अस्पतालमा उपचार गरिएको उनले बताए । प्रहरीलाई आक्रमण गरेपछि चितुवा त्यहाँबाट भागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4