+

यस्तो छ फिफा विश्वकप २०२६ को खेलतालिका (नेपाली समयमा)

२०८३ वैशाख  ३१ गते १४:५९ २०८३ वैशाख ३१ गते १४:५९
यस्तो छ फिफा विश्वकप २०२६ को खेलतालिका (नेपाली समयमा)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुँदैछ।
  • यो विश्वकपमा ४८ राष्ट्र सहभागी हुँदैछन् र १६ शहरमा १०४ खेलहरू ३९ दिनसम्म खेलिनेछन्।
  • नेपालमा विश्वकपका खेलहरू मध्यराति देखि विहानसम्म हुनेछन्, उद्घाटन खेल मेक्सिको र दक्षिण अफ्रिकाबीच मध्यराति १२:४५ बजे हुनेछ।

३१ वैशाख, काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुँदैछ ।

२३औं संस्करणको विश्वकप सुरु हुन अब एक महिना भन्दा कम बाँकी हुँदा अहिले फुटबल समर्थकहरूको ध्यान फिफा विश्वकपतर्फ पनि केन्द्रित छ ।

विश्वकप फुटबलको इतिहासमै अहिलेसम्मकै ठूलो विश्वकपको रुहेको यस संस्करणको धेरै विशेषताहरू छन् ।

पहिलो पटक विश्वकप तीन फरक राष्ट्रले आयोजना गर्दैछ भने अहिलेसम्मकै धेरै ४८ राष्ट्रले विश्वकप खेल्दैछ । यस्तै विश्वकप चल्ने दिन पनि बढेर ३९ दिन पुग्दा खेल संख्या १०४ पुगेको छ । विश्वकपको एकै संस्करणमा यो अहिलेसम्मको धेरै खेल हो ।

यस्तै अमेरिकाको ११, मेक्सिकोको ३ र क्यानडाको २ गरी कूल १६ शहरमा विश्वकपका खेलहरू खेलाइनेछन् ।

यस पटक विश्वकपको खेल १३ फरक समयमा खेलाइदैछ । विश्वकप आयोजना हुने तीनवटै खेल र नेपालको समय अन्तर धेरै भएकोले नेपालमा विश्वकपका खेलहरू मध्यराति देखि विहानसम्म पर्छ ।

आयोजक राष्ट्रमा चाँडै सुरु हुने केही खेलहरू नेपाल राती पौने १० र पौने ११ बजे सुरु हुनेछ ।

त्यस बाहेक अधिकांश खेलहरू मध्यराति भन्दा पछि हुनेछ । मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेल नेपालमा मध्यराति १२:४५ बजे सुरु हुनेछ ।

यस्तै अन्य खेलहरू नेपालमा विहान पौने १ पौने २, पौने ३, पौने ४, पौने ५, पौने ६, पौने ७, पौने ८, पौने ९ र पौने १० बजे सुरु हुनेछ ।

पिफा विश्वकप २०२६ को खेलतालिका नेपाली समय अनुसार यस्तो छ ।

समूह ए
मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक
जेठ २९ गते मेक्सिको भर्सेस दक्षिण अफ्रिका मध्यराति १२:४५ बजे
जेठ २९ गते दक्षिण कोरिया भर्सेस चेक रिपब्लिक विहान ७:४५ बजे
असार ४ गते चेक रिपब्लिक भर्सेस दक्षिण अफ्रिका राती ९:४५ बजे
असार ५ गते मेक्सिको भर्सेस दक्षिण कोरिया विहान ६:४५ बजे
असार ११ गते दक्षिण अफ्रिका भर्सेस दक्षिण कोरिया विहान ६:४५ बजे
असार ११ गते चेक रिपब्लिक भर्सेस मेक्सिको विहान ६:४५ बजे

समूह बी
क्यानडा, बोस्निया एण्ड हर्जगोभिना, स्वीट्जरल्यान्ड, कतार
जेठ ३० गते क्यानडा भर्सेस बोस्निया एण्ड हर्जगोभिना मध्यराति १२:४५ बजे
जेठ ३१ गते कतार भर्सेस स्वीट्जरल्यान्ड मध्यराति १२:४५ बजे
असार ५ गते स्वीट्जरल्यान्ड भर्सेस बोस्निया एण्ड हर्जगोभिना मध्यराति १२:४५ बजे
असार ५ गते क्यानडा भर्सेर कतार विहान ३:४५ बजे
असार ११ गते स्वीट्जरल्यान्ड भर्सेस क्यानडा मध्यराति १२:४५ बजे
असार ११ गते बोस्निया एण्ड हर्जगोभिना भर्सेस कतार मध्यराति १२:४५ बजे

समूह सी
ब्राजिल, मोरोक्को, स्कटल्यान्ड, हाइटी
जेठ ३१ गते ब्राजिल भर्सेस मोरोक्को विहान ३:४५ बजे
जेठ ३१ गते हाइटी भर्सेस स्कटल्यान्ड विहान ६:४५ बजे
असार ६ गते स्कटल्यान्ड भर्सेस मोरोक्को विहान ३:४५ बजे
असार ६ गते ब्राजिल भर्सेस हाइटी विहान ६:१५ बजे
असार ११ गते मोरोक्को भर्सेस हाइटी विहान ३:४५ बजे
असार ११ गते स्कटल्यान्ड भर्सेस ब्राजिल विहान३:४५ बजे

समूह डी
अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्किए
जेठ ३० गते अमेरिका भर्सेस पाराग्वे विहान ६:४५ बजे
जेठ ३१ गते अष्ट्रेलिया भर्सेस टर्किए विहान ९:४५ बजे
असार ६ गते अमेरिका भर्सेस अष्ट्रेलिया मध्यराति १२:४५ बजे
असार ६ गते टर्किए भर्सेस पाराग्वे विहान ८:४५ बजे
असार १२ गते टर्किए भर्सेस अमेरिका विहान ७:४५ बजे
असार १२ गते पाराग्वे भर्सेस अष्ट्रेलिया असार १२ गते विहान ७:४५ बजे

समूह इ
जर्मनी, इक्वेडर, आइभरीकोष्ट, कुराकाओ
जेठ ३१ गते जर्मनी भर्सेस कुराकाओ राती १०:४५ बजे
असार १ गते आइभरीकोष्ट भर्से इक्वेडर विहान ४:४५ बजे
असार ७ गते जर्मनी भर्सेस आइभरीकोष्ट विहान १:४५ बजे
असार ७ गते इक्वेडर भर्सेस कुराकाओ विहान ५:४५
असार १२ गते कुराकाओ भर्सेस आइभरीकोष्ट विहान १:४५ बजे
असार १२ गते इक्वेडर भर्सेस जर्मनी विहान १:४५ बजे

समूह एफ
नेदरल्यान्ड्स, जापान, स्वीडेन, ट्युनिसिया
असार १ गते नेदरल्यान्ड्स भर्सेस जापान विहान १:४५ बजे
असार १ गते स्वीडेन भर्सेस ट्युनिसिया विहान ७:४५ बजे
असार ६ गते नेदरल्यान्ड्स भर्सेस स्वीडेन राती १०:४५ बजे
असार ७ गते ट्युनिसिया भर्सेस जापान विहान ९:४५ बजे
असार १२ गते ट्युनिसिया भर्सेस नेदरल्यान्ड्स विहान ४:४५ बजे
असार १२ गते जापान भर्सेस स्वीडेन विहान ४:४५ बजे

समूह जी
बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
असार २ गते बेल्जियम भर्से इजिप्ट मध्यराति १२:४५ बजे
असार २ गते इरान भर्सेस न्युजिल्यान्ड विहान ६:४५ बजे
असार ८ गते बेल्जियम भर्सेस इरान मध्यराति १२:४५ बजे
असार ८ गते न्युजिल्यान्ड भर्सेस इजिप्ट विहान ६:४५ बजे
असार १३ गते न्युजिल्यान्ड भर्सेस बेल्जियम विहान ८:४५ बजे
असार १३ गते इजिप्ट भर्सेस इरान विहान ८:४५ बजे

समूह एच
स्पेन, उरुग्वे, साउदी अरेबिया, केप भर्डे
असार १ गते स्पेन भर्सेस केप भर्डे राती ९:४५ बजे
असार २ गते साउदी अरेबिया भर्सेस उरुग्वे विहान ३:४५ बजे
असार ७ गते स्पेन भर्सेस साउदी अरेबिया राति ९:४५ बजे
असार ८ गते उरुग्वे भर्सेस केप भर्डे विहान ३:४५ बजे
असार १३ गते केप भर्सेस भर्सेस साउदी अरेबिया विहान ५:४५ बजे
असार १३ गते उरुग्वे भर्सेस स्पेन विहान ५:४५ बजे

समूह आई
फ्रान्स, सेनेगल, इराक, नर्वे
असार ३ गते फ्रान्स भर्सेस सेनेगल मध्यराति १२:४५ बजे
असार ३ गते इराक भर्सेस नर्वे विहान ३:४५ बजे
असार ९ गते फ्रान्स भर्सेस इराक विहान २:४५ बजे
असार ९ गते नर्वे भर्सेस सेनेगल विहान ५:४५
असार १३ गते नर्वे भर्सेस फ्रान्स मध्यराति १२:४५ बजे
असार १३ गते सेनेगल भर्सेस इराक मध्यराति १२:४५ बजे

समूह जे
अर्जेन्टिना, जोर्डन, अल्जेरिया, अष्ट्रिया
असार ३ गते अर्जेन्टिना भर्सेस अल्जेरिया विहान ६:४५ बजे
असार ३ गते अष्ट्रिया भर्सेस जोर्डन विहान ९:४५ बजे
असार ८ गते अर्जेन्टिना भर्सेस अष्ट्रिया राती १०:४५ बजे
असार ९ गते जोर्डन भर्सेस अल्जेरिया विहान ८:४५ बजे
असार १४ गते अल्जेरिया भर्सेस अष्ट्रिया विहान ७:४५ बजे
असार १४ गते जोर्डन भर्सेस अर्जेन्टिना विहान७:४५ बजे

समूह के
पोर्चुगल, डिआर कंगो, उज्वेकिस्तान, कोलम्बिया
असार ३ गते पोर्चुगल भर्सेस डिआर कंगो राती १०:४५ बजे
असार ४ गते उज्वेकिस्तान भर्सेस कोलम्बिया विहान ७:४५ बजे
असार ९ गते पोर्चुगल भर्सेस उज्वेकिस्तान राती १०:४५ बजे
असार १० गते कोलम्बिया भर्सेस डिआर कंगो विहान ७:४५ बजे
असार १४ गते कोलम्बिया भर्सेस पोर्चुगल विहान ५:१५ बजे
असार १४ गते डिआर कंगो भर्सेस उज्वेकिस्तान पोर्चुगल विहान ५:१५ बजे

समूह एल
इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा
असार ४ गते इंग्ल्यान्ड भर्सेस क्रोएसिया विहान १:४५ बजे
असार ४ गते घाना भर्से पानामा विहान ४:४५ बजे
असार १० गते इंग्ल्यान्ड भर्सेस घाना विहान १:४५ बजे
असार १० गते पानामा भर्सेस क्रोएसिया विहान ५:४५ बजे
असार १४ गते पानामा भर्सेस इंग्ल्यान्ड विहान २:४५ बजे
असार १४ गते क्रोएसिया भर्सेस घाना विहान २:४५ बजे

राउण्ड अफ ३२
असार १५ गते (जुन २९)
समूह ए को उपविजेता भर्सेस समूह बी को उपविजेता मध्यराति १२:४५ बजे
समूह सी को विजेता भर्सेस समूह एफको उपविजेता राती २२:४५ बजे

असार १६ गते (जुन ३०)
समूह इ को विजेता भर्सेस समूह ए/बी/सी/डी/एफ को तेस्रो टोली विहान २:१५ बजे
समूह एफको विजेता भर्सेस समूह सी को उपविजेता विहान ६:४५ बजे
समूह इ को उपविजेता भर्सेस समूह आइको उपविजेता राती १०:४५ बजे

असार १७ गते (जुलाई १)
समूह आईको विजेता भर्सेस समूह सी/डी/एफ/जी/एफ को तेस्रो टोली विहान २:४५ बजे
समूह ए को लविजेता भर्सेस समूह सी/इ/एफ/एच/आई को तेस्रो टोली विहान ६:४५ बजे
समूह एलको विजेता भर्सेस समूह इ/एच/आई/जे/के को तेस्रो टोली राती ९:४५ बजे

असार १८ गते (जुलाई २)
समूह जी को विजेता भर्सेस समूह ए/इ/एच/आई/जे को तेस्रो टोली विहान १:४५ बजे
समूह डी को विजेता भर्सेस समूह बी/इ/एफ/आई/जे/ को तेस्रो टोली बहान ५:४५ बजे

असार १९ गते (जुलाई ३)
समूह एचको विजेता भर्से समूह जे को उपविजेता मध्यराति १२:४५ बजे
समूह के को उपविजेता भर्सेस समूह एलको उपविजेता बहान ४:४५ बजे
समूह बी को विजेता भर्सेस समूह इ/एफ/जी/आई/जे/को तेस्रो टोली विहान ८:४५ बजे
समूह डी को उपविजेता भर्सेस समूह जी को उपविजेता राती ११:४५ बजे

असार २० गते (जुलाई ४)
समूह जे को विजेता भर्सेस समूह एचको उपविजेता बहान ३:४५ बजे
समूह के को विजेता भर्सेस समूह डी/इ/आई/जे/एल को तेस्रो टोली विहान ७:१५ बजे

राउण्ड अफ १६
असार २० गते (जुलाई ४)
खेल ७३ को विजेता भर्सेस खेल ७५ को विजेता राती २२:४५ बजे

असार २१ गते (जुलाई ५)
खेल ७४ को विजेता भर्सेस खेल ७७ को विजेता बहान २:४५ बजे

असार २२ गते (जुलाई ६)
खेल ७६ को विजेता भर्सेस खेल ७८ को विजेता बहान १:४५ बजे
खेल ७९ को विजेता भर्सेस खेल ८० को विजेता बहान ५:४५ बजे

असार २३ गते (जुलाई ७)
खेल ८३ को विजेता भर्सेस खेल ८४ को विजेता मध्यराति १२:४५ बजे
खेल ८१ को विजेता भर्सेस खेल ८२ को विजेता विहान ५:४५ बजे
खेल ८६ को विजेता भर्सेस खेल ८८ को विजेता राती ९:४५ बजे

असार २४ (जुलाई ८)
खेल ८५ को विजेता भर्सेस खेल ८७ को विजेता विहान १:४५ बजे

क्वाटरफाइनल
असार २६ गते (जुलाई १०)
खेल ८९ को विजेता भर्सेस खेल ९० को विजेता विहान १:४५ बजे

असार २७ गते (जुलाई ११)
खेल ९३ को विजेता भर्सेस खेल ९४ को विजेता मध्यराति १२:४५ बजे

असार २८ गते (जुलाई १२)
खेल ९१ को विजेता भर्सेस खेल ९२ को विजेता विहान २:४५ बजे
खेल ९५ को विजेता भर्सेस खेल ९६ को विजेता विहान ६:४५ बजे

सेमिफाइनल
असार ३१ गते (जुलाई १५)
खेल ९७ को विजेता भर्सेस खेल ९८ को विजेता मध्यराति १२:४५ बजे

असार ३२ गते (जुलाई १६)
खेल ९९ को विजेता भर्सेस खेल १०० को विजेता मध्यराति १२:४५ बजे

तेस्रो स्थान
साउन ३ गते (जुलाई १९)
खेल १०१ को रनर अफ र खेल १०२ को रनरअफ विहान २:४५ बजे

फाइनल
साउन ४ गते (जुलाई २०)
खेल १०१ को विजेता भर्सेस् खेल १०२ को विजेता मध्यराति १२:४५ बजे

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय